
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु सम्राट सेनाले मधेशको विभिन्न जिल्लाका सिडिओलाई ज्ञापन पत्र बुझाएको छ ।
हिन्दु धर्मावलम्बीहरुको पर्व र उत्सवमा अश्लिल प्रकारको ओरकेष्ट्रा नचाएर धर्म सँस्कृति उपर प्रहार हुन थालेको भन्दै यस्ता कार्यक्रम गराउन नदिन प्रशासनलाई आग्रह गरिएको छ ।
मधेश प्रदेशको धनुषा, सिरहा, सर्लाही र रौतहट जिल्लामा हिन्दु सम्राट सेनाले एकै दिन सिडिओलाई ज्ञापन पत्र बुझाएको हो । नाचगानको नाममा अश्लिल कार्यक्रम गर्दा समाजमा समेत नाकारात्मक असर पर्दै गएको भन्दै यस्ता कार्यक्रम नगराउन माग गरेको हो ।
पोष्टरमा साँस्कृतिक कार्यक्रम लेखेर अश्लिल ओरकेष्ट्रा गराउने प्रवृति बढेपछि हिन्दु सम्राट सेनाले प्रशासन गुहारेको हो । यसको साथै, यस्ता कार्यक्रम भए प्रशासनले बन्द नगराए हिन्दु सम्राट सेनाले आफैँ एक्सन लिने चेतावनी समेत दिएको हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादवले बताए ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८१ भदौ ९ आइतबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्