न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका उद्योग वाणिज्य संघको अध्यक्षमा महेश साह निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा सँघको अध्यक्षमा फुटबल छापबाट साहले १६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उद्योग वाणिज्य संघमा जम्मा ३९२ मतदाता रहेकोमा कुल ३८४ मत खसेको थियो । जसमध्ये साहले १६६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी कुर्शी छाप १३९ मत प्राप्त गरे ।
यस्तै, सँघको उपाध्यक्षमा बिनोद खडका निर्वाचित भएका छन् । महासचिवमा संजिव मण्डल, सचिवमा नरेश साह र कोषाध्यक्षमा माधव श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृतले जनाएको हो ।
यस्तै, सदस्यहरुमा प्रमोद बराल, अमित साह, नितु र्कण र ईनु देवकोटा निर्वाचित भएको हो ।
- २०८१ भदौ ९ आइतबार