विकासमा कहिले विभेद गरेनौः वडाध्यक्ष यादव
उनले विभिन्न वस्तीमा विभिन्न दलका नेता, कार्यकर्ता, आस्था राख्ने सर्वसाधारण भएपनि बजेट बाँडफाँडको मामिलामा आवश्यकता अनुसार मिलाएर दिने गरेको बताए । उनले आफ्नै मान्छेलाई काम दिने प्रवृतिलाई निरुत्साहित गरेको सुनाए ।

२०८१ भदौ ९ आइतबार, बिहान ९:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. २ का वडाध्यक्ष ठकु यादवले आफ्नो वडामा विकासमा कहिले विभेद नगरेको दाबी गरेका छन् ।
नेपाली काँग्रेस (गाछी छाप) बाट निर्वाचित वडाध्यक्ष यादवले आफू निर्वाचित भएदेखि नै विकासमा दलिय हिसाबले कहिले पनि विभेद नगरेको बताएका छन् । वि.सं. २०७९ सालको चुनावमा निर्वाचित भएपछि उनले बजेट र विकासमा विभेद नगरेको दाबी गरेका छन् ।
कमला नगरपालिका वडा नं. २ मा पाँच वटा वस्ती रहेकोमा विकासको मामिलामा भौगोलिक क्षेत्रानुसार बजेट बाँडफाँड गरी विकास निर्माणको कार्यहरु गरेको बताउँछन् ।
माचि झिटकैया, सराबे, बिजुलिया, तेलियाहा र सुन्दरपुर गरी पाँचै वस्तीमा स्थानीयको आवश्यकता अनुसार बजेट बाँडफाँड गरी चलाएको उनले बताए । राजनीतिक दलबाट निर्वाचित भएपछि अर्को पार्टीसँग आस्था राख्ने जनतालाई विकासको अनुभूति नदिने प्रवृति बढेपनि वडाध्यक्ष यादवले भने निर्वाचित जनप्रतिनीधि भएपछि सबैलाई मिलाएर उठेको बताए ।
उनले भने, “म अहिले निर्वाचित जनप्रतिनीधि छु, म नेपाली काँग्रेस पार्टीबाट निर्वाचित छु, तर जनप्रतिनीधि भएपछि म सबैको लागि बराबर छु र सबै मेरो लागि पनि बराबर हो । कोही फलानो पार्टीको वा चिलानो पार्टीको आफनो आफ्नो आस्था हो । मेरो कर्तव्य मैले निष्ठापूर्वक निभाएको छु । मेरो लागि सब बराबर छ । मेरो लागि कोही कुनै पार्टीको छैन् ।”
उनले विभिन्न वस्तीमा विभिन्न दलका नेता, कार्यकर्ता, आस्था राख्ने सर्वसाधारण भएपनि बजेट बाँडफाँडको मामिलामा आवश्यकता अनुसार मिलाएर दिने गरेको बताए । उनले आफ्नै मान्छेलाई काम दिने प्रवृतिलाई निरुत्साहित गरेको सुनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…