रौतहटमा नकआउट टि-२० क्रिकेट प्रतियोगिता सुरु
सँजय सहनी | रौतहट, २ असार । रौतहटको दुर्गाभगवती गाउँपालिकामा जिल्ला स्तरीय नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट शुरु भएको छ । शनिवार एक कार्यक्रमका बिच पिपरा भलोहिया स्थित श्री सरस्वती मा।वि।मा सो टुर्नामेन्टको उद्घाटन गरीएको हो । मारुति चैलेनजर क्रिकेट क्लब र दुर्गा भगवती गाउँपािलकाको आयोजनामा शुरु भएको

२०७५ असार २ शनिबार, राति ९:०५ बजे१ मिनेट पढाइ

सँजय सहनी |
रौतहट, २ असार । रौतहटको दुर्गाभगवती गाउँपालिकामा जिल्ला स्तरीय नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट शुरु भएको छ ।
शनिवार एक कार्यक्रमका बिच पिपरा भलोहिया स्थित श्री सरस्वती मा।वि।मा सो टुर्नामेन्टको उद्घाटन गरीएको हो ।
मारुति चैलेनजर क्रिकेट क्लब र दुर्गा भगवती गाउँपािलकाको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टीका युवा नेता शम्भु शाहले खेल नै जिवन भएको बताउँदै स्वास्थय, मानसिक संतुलन ठिक राख्न खेल भन्दा अरु कुनै बिकल्प नरहेको बताएका छन् ।
शाहले जिल्ला स्तरीय खेल देश निर्माणको दक्ष जन शक्ति तयार पार्न महत्वपूर्ण भुमिका खेल्ने भएकोले देश विकासको लागि खेलकुदको विकास हुनु अति आवश्यक रहेको बताए ।
शाहले रौतहटको दुर्गाभगवती गाउँपालिकामा अरुण साह जस्तो युवा मेयर हुनु ठाउँको लागि र खेलाडिको लागि शौभाग्यको विषय भएकोले यस क्षेत्रमा खेलकुद विकास हुनुमा कुनै शंका नरहेको यूवाहरुलाई विश्वास दिलाउनु भयो ।
कार्यक्रममा बोल्दै अर्का वक्ता एवं विशिष्ट अतिथि मेयर अरुण साहले यस गाउँपालिकामा नाईट भिजन क्रिकेट टुर्नामेन्ट गराउने वातावरण छिट्टै मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
साहले देश विदेशमा भएको जस्तै डे नाईट मैच सजिलै खेल्न सक्ने ग्राउण्ड बनाउन र व्यवस्था मिलाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै यूवाहरुको सपना पुरा गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी युवा नेता शम्भु सिंह, वडा अध्यक्ष डिके झा, सहित सयकडौ भद्रभलादमीहरु, खेलाडिहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…