नेपालमा कहिल्यै बन्दै नभएको TikTok पुनः खुल्यो
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण लगत्तै नेपालमा सामाजिक सद्‌भाव बिगार्ने काम गरेको भन्दै २७ कात्तिक २०८० को मन्त्रिपरिषद्‌ बैठकले नेपालमा टिकटक प्रयोगमा रोक लगाउने निर्णय लिएको थियो ।

२०८१ भदौ ५ बुधबार, बेलुकी ६:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा सरकारी निर्णयमा बन्द गरिएको तर कहिल्यै बन्दै नभएको टिकटक पुनः खुलाउने निर्णय सरकारले गरेको छ ।
सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्को बैठकले टिकटक खुलाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा हिजो सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधि लगायतसँग परामर्श गरेको थियो ।
अहिले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम टिकटक सञ्चालन गर्न तयार रहेको भन्दै पछिल्लो पत्र सञ्चार मन्त्रालयमा बुझाएको थियो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण लगत्तै नेपालमा सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै २७ कात्तिक २०८० को मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रयोगमा रोक लगाउने निर्णय लिएको थियो ।
टिकटकका प्रतिनिधि र उच्च अधिकारीले बारम्बार सञ्चारमन्त्री लगायतलाई प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गर्दै आएका थिए ।
सरकारले यसअघि बन्द गरिएको भनेपछि विभिन्न ईन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेटमा टिकटक चल्दै आएको थियो । साथै भिपिएन, डिएनएस प्रयोगमार्फत प्रयोग चल्दै आएकोमा विधिवत पुनः प्रतिबन्ध हटाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…