कमला नगरपालिकाका दुई पूर्व वडाध्यक्ष जसपा छाडेर रामचन्द झासँग
केहीदिनपछि केही जिल्लास्तरीय नेताहरु समेत रामचन्द्र झासँगै पार्टी परिवर्तनको मुडमा रहेको बताईन्छ । कमलामा जसपाको मोटो सँख्या रहेको वडा नं. २ र वडा नं. ३ नै पार्टी परिवर्तन गरेपछि जसपा झन कमजोर भएको छ । धनेश्वर र विशेश्वर जसपाको लागि एक खम्बाको रुपमा उभिदै आएका थिए । पार्टीले लगानी र क्रियाशिलताको हिसाबले मूल्याँकन नगर्दा उनीहरुले बाध्यतावंश पार्टी परिवर्तन गरेको बताईन्छ ।

२०८१ साउन ३२ शुक्रबार, राति ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगपालिकाका दुई पूर्व वडाध्यक्ष जनता समाजवादी पार्टी (जसपा) नेपाल छाडेर एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
२०७४ सालको चुनावमा तत्कालिन मधेशी फोरमबाट निर्वाचित भएका कमला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादव र वडा नं. ३ का वडाध्यक्ष विशेश्वर यादव एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
२०७४ सालको चुनावमा समेत समाजवादी पार्टीका नेता रामचन्द्र झाको दृष्टिमा वडाध्यक्षमा निर्वाचित भएका दुवै जनाले पुनः पुरानै सँगतमा फर्केका छन् । जसपाले प्रयोग मात्र गर्न थालेपछि उनीहरु जसपा छाडेर एकिकृत समाजवादीमा गएका हुन् ।
सो क्षेत्रमा राजनीतिमा रामचन्द्र झाको व्यक्तिगत मत अधिक रहेको छ । सोही कारण पनि उनीहरुलाई सहज हुँदै आएकोमा २०७९ को चुनावमा रामचन्द्र झाले हात हटाएपछि पराजित हुन पुगेको स्थानीय नेताहरुको विशेषलेषण छ । रामचन्द्र झाले पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टीको सदस्यता दिलाएका हुन् ।
केहीदिनपछि केही जिल्लास्तरीय नेताहरु समेत रामचन्द्र झासँगै पार्टी परिवर्तनको मुडमा रहेको बताईन्छ । कमलामा जसपाको मोटो सँख्या रहेको वडा नं. २ र वडा नं. ३ नै पार्टी परिवर्तन गरेपछि जसपा झन कमजोर भएको छ । धनेश्वर र विशेश्वर जसपाको लागि एक खम्बाको रुपमा उभिदै आएका थिए । पार्टीले लगानी र क्रियाशिलताको हिसाबले मूल्याँकन नगर्दा उनीहरुले बाध्यतावंश पार्टी परिवर्तन गरेको बताईन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…