जनकपुरबाट विहान विहान दुःखद खवर : एम्बुलेन्स दुर्घटनामा परी एक युवकको ज्यान गयो
एम्बुलेन्स तीव्र गतिका कारण अनियन्त्रीत भई पूलमा ठोक्दा दुर्घटनाग्रस्त

२०७५ असार २ शनिबार, बिहान ६:१५ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, २ असार । धनुषाको ढल्केवर स्थित विरामी बोक्ने एम्बुलेन्स दुर्घटनामा परी एक युवकको ज्यान गएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढल्केबर भन्दा करिब ५०० मिटर पूर्व रहेको बसही पूलमा ज १ च १२०५ नम्बरको एम्बुलेन्स तीव्र गतिका कारण अनियन्त्रीत भई पूलमा ठोक्दा दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यू भएको ढल्केवर प्रहरीले जनाएको छ ।

दनुवार जागरण सेवा समितिद्धारा सँचालित त्यो एम्बुलेन्स विहान करिब ४ः३० बजे दुर्घटना हुँदा धनुषा शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखर बस्ने जीतनारायण राईका अन्दाजी बर्ष २४ का छोरा सँतोष राईको गम्भिर चोटका कारण ज्यान गएको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी नीरिक्षक माधव प्रसाद काफ्लेले जनाएको छ ।
पूलबाट एम्बुलेन्सलाई निकाल्ने कार्य भईरहेको छ भने दुर्घटनामा मृत्यू भएका राईको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको एम्बुलेन्स धनुषाधाम नगरपालिकाबाट सँचालित रहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…