
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा लागतभन्दा अधिकमा ट्रयाक्टर खरिद गरेको पाईएको छ ।
शहिदनगर नगरपालिकाको २०७९ ०८० को महालेखाको प्रतिवेदनमा नगरपालिकाले बनाएको लागत अनुमानभन्दा अधिकमा ट्रयाक्टर खरिद गरेको भन्दै भ्रष्टाचारको गन्ध देखाएको हो ।
महालेखाको प्रतिवेदन अनुसार, शहिदनगर नगरपालिकाले ट्रयाक्टर खरिदको लागि रु. ७ लाख ५० हजार र त्यसको टेलारी (ट्रेलर) खरिदको लागि २ लाख २० हजार रुपैयाँ मुल्य अभिवृद्धि कर बाहेकको रकम लागत बनाएपनि रु. ९ लाख ९४ हजार १५९ रुपैयाँ तिरेर ट्रयाक्टर खरिद गरिएको पाईएको हो ।
ट्रयाक्टर खरिदको लागि लागतभन्दा सबभन्दा कम रकमको लागत पेश गर्ने सौरभ एग्रोले ७ लाख ३० हजार ट्रयाक्टरको र ट्रेलरको २ लाख ६४ हजार १५९ रुपैयाँ पेश गरिएको छ जुन लागत अनुमानभन्दा पनि अधिक रहेको छ । सो दरमा खरिद गरेपछि नियतवंश भ्रष्टाचार गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८१ श्रावण २४ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्