न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा लागतभन्दा अधिकमा ट्रयाक्टर खरिद गरेको पाईएको छ ।
शहिदनगर नगरपालिकाको २०७९ ०८० को महालेखाको प्रतिवेदनमा नगरपालिकाले बनाएको लागत अनुमानभन्दा अधिकमा ट्रयाक्टर खरिद गरेको भन्दै भ्रष्टाचारको गन्ध देखाएको हो ।
महालेखाको प्रतिवेदन अनुसार, शहिदनगर नगरपालिकाले ट्रयाक्टर खरिदको लागि रु. ७ लाख ५० हजार र त्यसको टेलारी (ट्रेलर) खरिदको लागि २ लाख २० हजार रुपैयाँ मुल्य अभिवृद्धि कर बाहेकको रकम लागत बनाएपनि रु. ९ लाख ९४ हजार १५९ रुपैयाँ तिरेर ट्रयाक्टर खरिद गरिएको पाईएको हो ।
ट्रयाक्टर खरिदको लागि लागतभन्दा सबभन्दा कम रकमको लागत पेश गर्ने सौरभ एग्रोले ७ लाख ३० हजार ट्रयाक्टरको र ट्रेलरको २ लाख ६४ हजार १५९ रुपैयाँ पेश गरिएको छ जुन लागत अनुमानभन्दा पनि अधिक रहेको छ । सो दरमा खरिद गरेपछि नियतवंश भ्रष्टाचार गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

चर्चित TikToker धिरुभाइ र मोडल आयुषाको 'अहाँ स दिल लगेली' दर्शकलाई मोहित बनाउँदै
- २०८१ श्रावण २४ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित टिकटोकर धीरुभाई र मोडेल आयुषा विश्वकर्माद्धारा अभिनित “अहाँ स दिल लगेली” भिडियो म्यूजिक रिलिज गरिएको छ । प्रेम जोडीहरुका लागि विशेष तौरमा तयार पारिएको सो गीतमा
पूरा पढ्नुहोस्




