जनकपुरको 'नोचा पोखरी' मा लोचा, विकृतिको अखाडा
विशेष गरी अपरान्हको समयमा किशोर किशोरीहरुको खुल्लेयाम गैर समाजिक क्रियाकलाप, युवायुवतिहरुको उच्छृँगल गतिविधिले जोकोहीलाई असहज महसुस गराएको हो । डेटिँग स्पोटको रुपमा समेत विकसित भएको नोचा पोखरीमा लोचा देखिएको छ ।

२०८१ साउन २० आइतबार, बिहान ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको नोचा पोखरी सौन्दर्यीकरणको लागि जनकपुरधाम उपमहानगरपालिकाले हर सम्भव प्रयास गरिरहेको बेला पोखरी घुमघामको नाममा विकृतिको आखाडा बन्दै गएको छ ।
जनकपुरधाम शहरभित्रै जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ रामपुर नजिकै रहेको नोचा पोखरीमा समाजिक विकृतिको क्रियाकलापहरु अधिक रुपमा हुन थालेको पाईएको छ ।
नोचा पोखरी सौन्दर्यीकरणको नाममा बिजनेशको ग्राण्ड डिजाइन गरिएको छ । त्यसको लागि पोखरीलाई घुमघामको स्थलको रुपमा, पर्यटकीय स्थलको रुपमा विकास गरिरहेको अवस्थामा त्यहाँ समाजिक विकृतिका क्रियाकलापहरु बढदै गएको छ ।
साँझ र बिहानको समयमा मात्र नभई दिनभरि गँजेडी, भँगेडी, टयाब्बेहरुको जमघटले बाहिरबाट घुम्न जाने आन्तरिक वा बाह्य पर्यटकलाई सुरक्षा चुनौति बढेको हो । पोखरी चारैतर्फको डीलमा बस्ने स्थान सौन्दर्यीकरण गरिदिएपछि त्यस्ता प्रकृतिका किशोर युवकहरुले गैर समाजिक गतिविधिको अखाडा बनाईदिएको हो ।
धार्मिक स्थलको रुपमा सजाइएको नोचा पोखरीमा मर्निँग वाक, साँझको घुमघामको स्थलको रुपमा विकसित गर्न खोजेपछि उच्छृँगल क्रियाकलापले परिवारसँग जान सक्ने अवस्था भने देखिएको छैनन् । परिवारिक सदस्यसँग जानको लागि नोच पोखरी असुरक्षित देखिएको छ ।
विशेष गरी अपरान्हको समयमा किशोर किशोरीहरुको खुल्लेयाम गैर समाजिक क्रियाकलाप, युवायुवतिहरुको उच्छृँगल गतिविधिले जोकोहीलाई असहज महसुस गराएको हो । डेटिँग स्पोटको रुपमा समेत विकसित भएको नोचा पोखरीमा लोचा देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…