शास्त्रीय सँगीतकार गुरुदेव कामतलाई 'प्रदेश विभूति' घोषणा गर्न दबाब
स्व. गुरुदेव कामतको अपमान कार्य बन्द गर्न माग गर्दै मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडिको राजीनामाको मागसमेत गरेका छन् । अभियानका अध्यक्ष विनय यादवले प्रतिष्ठानका अध्यक्ष कापडिको राजीनामा माग गर्दै पुतलादहन पनि गरेको जनाए ।

२०८१ साउन २० आइतबार, बिहान ६:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शास्त्रीय संगीत साधक स्व. गुरूदेव कामतलाई मधेश विभूति घोषणाको माग गर्दै राष्ट्रिय एकता अभियानले दबाबमूलक कार्यक्रम गरेको छ ।
जनकपुरधाममा शनिबार दबाबमूलक कार्यक्रम गर्दै संगीत साधक गुरूदेव कामतलाई प्रदेश विभूति घोषणा गर्न माग गर्दै अभियानीहरुले नारावाजीसमेत गरेका छन् ।
स्व. गुरुदेव कामतको अपमान कार्य बन्द गर्न माग गर्दै मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडिको राजीनामाको मागसमेत गरेका छन् । अभियानका अध्यक्ष विनय यादवले प्रतिष्ठानका अध्यक्ष कापडिको राजीनामा माग गर्दै पुतलादहन पनि गरेको जनाए ।
'गुरूदेव कामतलाई प्रदेश विभूति घोषणा गर, गुरुदेव कामतको अपमान कार्य बन्द गर, राम भरोस कापडी राजीनामा देउ, मधेस प्रज्ञा प्रतिस्ठान मुर्दावाद, मधेस सरकार मुर्दावाद, राष्ट्रिय एकता अभियान, जिन्दावाद' भन्दै अभियानले दबाब दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…