Close This

मधेशका शास्त्रीय सँगीतकार गुरुदेव कामतको शोकमा मधेश सरकारले आईतबार राष्ट्रिय झण्डा झुकाउने

२०८१ श्रावण १८ शुक्रबार
दिउसो ४:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशका दिग्गज एवम् राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएका शास्त्रीय सँगीतकार एवम् गायक गुरुदेव कामतको शोकमा मधेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले शुक्रबार एक प्रेस विज्ञप्ति र शोक सन्देश जारी गर्दै शास्त्रीय सँगीतमा आफ्नो अमूल्य योग्दान दिएका गुरुदेव कामतको असमायिक निधनप्रति शोक प्रकट गदै उनको शोक र सम्मानमा आईतबार साउन २० गते राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । 

“शास्त्रीय सङ्गीतका महान् साधक एवम् लोकप्रिय गायक श्रद्धेय गुरुदेव कामतको असामयिक निधनबाट स्तब्ध एवम् मर्माहत भएको छु । अत्यन्त गहिरो र प्रभावशाली ढङ्गले गीतसङ्गीतका माध्यमबाट भावनात्मक, आध्यात्मिक, सामाजिक एवम् साँस्कृतिक विषयवस्तुलाई अभिव्यक्ति गर्न सम्पूर्ण जीवन व्यतीत गर्नुभएका संगीतका उपासक एवम् साधक दिवंगत गुरुदेवजीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”– मुख्यमन्त्रीको शोक सन्देशमा उल्लेख छ । 

मनोरञ्जन र जीविकोपार्जनको माध्यम नभएर शिक्षा, चेतना र सँस्कार उन्नयनका लागि सङ्गीत विधालाई आजीवन अघि बढाएको भन्दै स्वः गुरुदेव कामतको निधनप्रति शोक प्रकट गर्न प्रदेश सरकारले मिति २०८१।०४।२० गते आइतबार राष्ट्रिय झन्डालाई आधा झुकाउने निर्णय समेत गरेको हो ।

मुख्यमन्त्री सिँहको शोक सन्देशमा “गुरुदेवजीको साङ्गीतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र सङ्घर्षपूर्ण रहँदै आयो । तर, जीवनको कठोरतम क्षणसँग लड्दै भिडदै शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सिर्जनात्मक र उत्कर्षोन्मुख बनाउन उहाँले पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ । उहाँको साङ्गीतिक स्वरको समग्रता र सम्पूर्णताले मधेशको भूमिलाई अनन्तकालसम्म गौरव–गरिमाबाट विभूषित गरिरहनेछ ।” उल्लेख छ ।  

शास्त्रीय एवम् सुगम दुवै सङ्गीतसम्बद्ध जीवनमा नयाँ चेतना प्रदान गर्ने गुरुदेवजीले सङ्गीत शिक्षालाई नेपालमा नयाँ दिशा तथा आयाम दिएको उनले बताएका छन् । उनको अतुल्य तथा विलक्षण प्रतिभाबाट धेरै सँख्यामा सङ्गीताभ्यासीहरू सुरसाधनाका गहनतम् पक्षलाई सरलतम ढङ्गले बुझ्न सक्षम भएका छन् । उनकै प्रेरणा र सामीप्यबाट सङ्गीत विधामा संलग्न हुन नयाँ पुस्ताका प्रतिनिधिहरू उत्सुक र उत्कंठित भएको अवस्था औल्याएका हुन । 

“एउटा आदर्श सङ्गीत अनुयायी, आदर्श गुरु र साङ्गीतिक फाँटमा मानवीय मूल्यको निरूपण गर्ने संवेदनशील स्रस्टा साधकका रूपमा दिवंगत गुरुदेवजी नेपाली साङ्गीतिक आकासमा सधैँभरि एउटा चम्किलो नक्षत्र भएर हामीलाई प्रेरित एवम् प्रोत्साहित गरिरहनु हुनेछ ।”– शोक सन्देशमा भनिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अहँकार र घमण्डले मातेपछि यी चारैको करियर चौपट्ट, चारै टिकटोकिया फेरी पुरानै ठाउँमा

  • २०८१ श्रावण १८ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । घमण्ड, अहँकारले विनास निम्त्याएपछि मधेशको चार टिकटोकर्सको करियर डाउनलफल भएको छ ।  अहँकारले मातेकी नृत्याँगना प्रिति पासवान अहिले पुरानै ठाउँमा सिमित भएकी छन् । जहाँबाट सुरु गरेकी

पूरा पढ्नुहोस्

Bureau Menus