धनुषा नौसयविघास्थित बजरँग आधारभूत विद्यालयको व्यवस्थान समितिमा यादव

२०८१ श्रावण १७ बिहीबार
बिहान ०८:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसविघास्थित रहेको बजरँग आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिमा रामपुकार यादवलाई चयन गरिएको छ । 

बुधबार बसेको अभिभावकहरुको भेलाले स्थानीय राम पुकार यादवलाई सर्वसहमतिले चयन गरिएको हो । यसअघि पत्रकार विनय कुमार यादव विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेकोमा गत बैशाख ११ गते उनको शंकास्पद मृत्यू भएपछि अर्को समिति चयन गरिएको हो । 

नातामा स्वर्गीय पत्रकार यादवको दाई पर्ने रामपुकार यादवलाई वडा नं. ५ का वडाध्यक्ष ईन्द्र कुमार महतो लगायत भद्र भलादमीले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो । 

विद्यालय व्यवस्थापन समितिको अन्य सदस्यहरु समेत चयन गर्ने प्रक्रियामा रहेको बताईएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत 'दे दन प्यार गोरी' सार्वजनिक 

  • २०८१ श्रावण १७ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । उक्त गीतमा लोकप्रिय कलाकार सागर लम्साल (बले) र शिल्पा पोखरेलले अभिनय गरेका

पूरा पढ्नुहोस्

Bureau Menus