राजर्षि स्वीयू निर्वाचनमा लोविसंघले दाउ मार्ने तयारीमा

२०८१ श्रावण १६ बुधबार
रति ९:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भोली हुन गईरहेको राजर्षि जनक विश्वविद्यालयको स्वीयू निर्वाचनमा लोकतान्त्रिक विद्यार्थी सँघ (लोविसंघ) ले दाउ मार्ने तयारी गरेका छन् । 

नेपाल विद्यार्थी सँघ (नेविसंघ) को बाहुल्यता रहेको राजर्षि जनक विश्वविद्यालयमा लोविसंघले आन्तरिक तयारी कडा रुपमा गरेका छन् । “यही रात अन्तिम, यही रात भारी” भन्दै लोविसंघले कडा प्रतिस्पर्धा गरी स्वीयू निर्वाचनमा दाउ मार्ने तयारी गरेको हो । 

राती ९ः०० बजेसम्म राजर्षि जनक विश्वविद्यालयमा देखिएको माहौलले अनेरास्वीयू र नेविसंघलाई टक्कर दिई दाउ मार्ने सम्पूर्ण तयारी गरेको हो । लोविसंघबाट सभापतिमा उम्मेदवारी दिएका प्रवेश यादवको पक्षमा मतदाताहरुले मन बनाएको देखिएको छ । लोविसंघको प्यानलसहित जित्ने सम्भावना न्यून भएपनि सभापतिमा प्रवेशको सम्भावना लगभग तय देखिएको छ । 

अनेरास्वीयूबाट रवि कुमार साह र सँयुक्त विद्यार्थी प्यानलबाट श्याम साहको प्रतिद्धन्द्धीको सम्भावना अधिक रहेको छ । सभापतिको लागि सँयुक्त विद्यार्थी प्यानल र लोविसंघबीच प्रतिस्पर्धा हुने माहौल सृजना गरिएको छ । नेविसंघबाट त्रिलोक यादव पनि बलियो पक्कड बनाएका छन् ।

विद्यार्थी जनमत सँघबाट शशिकान्त मण्डल साईलेन्ट किल्लरको रुपमा उभिएका छन् । प्रचारवाजी कम गरेपनि सिमित मतदाताबीच उनले आफ्नो अवधारणा फिट गरिसकेको बताउँछन् । यद्यपी, माथिल्लो सपोर्टको अभावमा उनलाई जित्न भने गाह्रो हुने सँकेत देखिएको छ ।

भोली विहिबार विहान ८ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म हुने मतदानमा सबै दलका स्वीयू उम्मेदवारहरुले मतदाता फकाउन व्यस्त देखिएका छन् । सो बीचमा लोविसंघले चौतर्फी घेराबन्दी गरेका छन् । 

भोली बिहिबार रातीसम्म नै निर्वाचनको नतिजा आउने बताईएको छ । 

  • 75%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

  • २०८१ श्रावण १६ बुधबार

सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ ।  एनआइसी एसिया बैंक गोलबजार शाखाले

पूरा पढ्नुहोस्

Bureau Menus