राजर्षि जनक विश्वविद्यालयको स्वीयू निर्वाचनको लागि लोविसंघको यादवको उम्मेदवारी

२०८१ श्रावण १३ आइतबार
बेलुकी ७:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । राजर्षि जनक विश्व विद्यालय अन्तर्गत आउँदो साउन १७ गते हुना लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) को तर्फबाट प्रवेश यादवले उम्मेदवारी दिएका छन् । यादवले स्वीयूको निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

शनिबार भएको मनोयन दर्ताको क्रममा प्रवेश यादवले सभापतिको पदको लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यादवसँगै सचिवको लागि सुभाष यादव र कोषाध्यक्षको लागि बर्षा कुमारी साहले उम्मेदवारी दर्ता गराएको हो । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनकपुरको राराब कलेजमा भएको स्वीयू निर्वाचनमा सचिव पद पडकाएको लोकतान्त्रिक विद्यार्थी संघले राजर्षिमा समेत जीत हाँसिल गर्ने दृढता सुनाएको हो । 

यस्तै, प्रत्यक्ष सदस्यतर्फबाट सुबोध कुमार गुप्ता, पूजा यादव, शंकर सुमन राय, प्रिति कुमारी कुर्मी, रामकुमार महासेठ र रँजना पासवानले उम्मेदवारी दर्ता गराएको हो । 

समानुपाति तर्फ शिवम कर्ण, सुरेन्द्र दास, अमन कुमार साह तेली, आरती साह, यससोनी कुमार झा र शिवम कुमारीले मनोयन दर्ता गराएको हो । आगामी साउन १७ गते हुने चुनावको लागि उनीहरुले मनोयन दर्ता गराएको हो । 

 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाम नगरपालिकामा पुनः दास भए प्रमुख प्रशासकीय अधिकृत, लेखामा यादवको बढुवा 

  • २०८१ श्रावण १३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दास पुनः फर्केका छन् ।  संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले केही निमित्त अधिकृतहरुलाई जिम्मेवारीबाट मुक्त गरेको थियो ।

पूरा पढ्नुहोस्

Bureau Menus