
न्यूज ब्यूरो, सिरहा । सिरहाको चोहर्बास्थित रहेको एक समुदायिक वनको जग्गामा बनेको घर, होटेल, टहरामाथि वन कार्यालयले डोजर चलाएको छ ।
सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ चोहर्वास्थित पूर्व पश्चिम राजमार्गभन्दा दक्षिण सँचालनमा रहँदै आएको डेबिट होटेल लगायत अन्य ९ घर टहरा भत्काईएको हो ।
शनिबार डिविजन वन कार्यालय सिरहाबाट खटेको कर्मचारीहरुले प्रशासनको सहयोगमा वनको जग्गा अतिक्रमण गरी बनाईएको घर, होटेल र टहरालाई हटाएको हो ।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएको नेपाली सेनाको ब्यारेकको सामुन्ने राजमार्गदेखि दक्षिण सँचालनमा रहँदै आएको डेविट होटेलसँगैको केही घर टहराहरु भत्काईएको हो ।
सिरहाका विभिन्न राजनीतिक पार्टीका नेताहरुको दारु खाने अड्डाको रुपमा जमेको डेबिट होटेल यतिको दिनदेखि उनीहरुकै संरक्षणमा वनको जग्गामा सँचालन हुँदै आएको थियो । यसको लागि नरहा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रुस्तम अन्सारीले समेत विगत ७ बर्षदेखि बचाउ गर्दै आएका थिए ।
दैनिक रुपमा होटेल धाउने वडाध्यक्ष अन्सारीले वनको जग्गामा निर्माण गरिएको संरचना जोगाउन माथिल्लो तहका नेताहरु समक्ष शक्ति पहुँच लगाउँदै आएका थिए । नरहा गाउँपालिकाका गाउँपालिका अध्यक्ष रामप्रमोद यादव उर्फ डम्बर यादवको समेत निरन्तर आनजान शक्ति पहुँचमा ती अवैद्यानिक संरचना जोगिदै आएको थियो ।
केही व्यक्तिहरुले ३० वर्ष अघिदेखि कब्जा गरी होटेल सञ्चालन गर्दै आएका थिए । वनको जमिन राजनीतिक शक्तिका आडमा अतिक्रमण गरिएको भन्दै पटकपटक आन्दोलन पनि हुँदै आएको थियो ।
तर, लामो समयदेखि खाली हुन नसकेको जग्गा शनिबार डिभिजन वन कार्यालय सिरहाले संरचनाहरु भत्काएर खाली गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख सुजितकुमार झाका अनुसार त्यहाँ दुई हेक्टरमा रहेका सात जनाको नौवटा घर भत्काइएका हुन् ।
डिभिजन वन कार्यालय सिरहाले गत असार १३ गते नै जमिन खाली गर्न १५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद नाघे पनि खाली गरिएको थिएन । सूचनाको म्याद नाघे पनि सार्वजनिक जग्गा अतिक्रमणमुक्त पार्न प्रशासन पछि हटेको भन्दै स्थानीय बासिन्दाले शुक्रबार दिउँसो चोहर्वास्थित राजमार्गमा चक्काजाम गरेका थिए ।
यता, घर र होटेले निर्माण गरेका व्यवसायी एवम् वासिन्दाले भने आफूहरु बर्षौदेखि यहाँ वसोवास गर्दै आएको बताएको छ । बर्षौदेखि सँचालनमा रहँदै आएको होटेल, टहरालाई वन कार्यालयले अवैद्यानिक रुपमा हटाएको आरोप लगाएको हो । वन कर्मचारी भन्दा जनता समाजवादी पार्टी (नेपाल) का कार्यकर्ताहरुले घर टहरा भत्काएको आरोप लगाएको हो ।
उनीहरुका अनुसार, जिल्ला प्रशासन कार्यालय सिरहामा बर्षायाममा होल्ड गरी मौसम ठिक भएपछि अवैद्यानिक संरचना हटाउने मौखिक सहमति भएको दाबी गरिरहेको छ । यद्यपी, वन अधिकृत झाले भने यस्तो कुनै पनि सहमति नभएको र सहमति भएको भए कागजात देखाउन आग्रह गरे । उनले पटक पटक जग्गा खाली गर्न सूचना गरेपनि अटेरी गरेपछि अन्ततः डोजर चलाउनुपरेको बताए ।
वनको जग्गामा बनाईएको डेबिट होटेल त्यहाँका स्थानीय नेताहरुको दारु खाने अड्डाको रुपमा चिनिन्थ्यो । जानकारी अनुसार, उनीहरुलाई निःशुल्क दारु र मासु दिँदै आएको सँचालकले उनीहरुकै आडमा त्यहाँ अड्डा जमाएका थिए ।
सोही वनभित्रको विभिन्न स्थानमा नरहा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रुस्तम अन्सारीले ग्राभेल खन्न लगाई करोडौँको घोटाला गर्दै आएका हुन् । गाउँपालिकाभित्र हुने माटो ग्राभेलको कार्यमा वडाध्यक्ष अन्सारीले मापदण्डभन्दा अधिक गहिरो वन खनेर निःशुल्क ग्राभेलको करोडौँ रुपैयाँ निकासा गरी खाएको आरोप छ । सो वापत उनले एक रुपैयाँ पनि राजस्व बुझाएका छैनन् । कागजातमा ग्राभेल खरिद गरेर सडक बनाएको बताएपनि उनले सोही वनमा ग्राभेल खनेर आफ्नो वडासहित गाउँपालिकाको विभिन्न वडामा बेच्दै अन्य ठाउँको लागि समेत निर्यात गर्दै आएका हुन् ।
मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०८१ श्रावण १३ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्