मधेश प्रदेश शिक्षा मन्त्रालयको समिक्षाः ५१ बजेट खर्च, प्रगति विवरण सार्वजनिक गर्ने पहिलो मन्त्रालय
समिक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव लोकनाथ पौड्याल, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको आतिथ्य रहेको थियो भने मन्त्रालयका शाखा अधिकृत दिलिप मुखियाले कार्यक्रम सँचालन तथा उदघोषण गरेका थिए ।

२०८१ साउन १२ शनिबार, बिहान १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले आर्थिक वर्ष ०८०/०८१ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।
प्रदेश भरमै त्यसमा पनि शिक्षा तथा संस्कृति मन्त्रालयले पहिलो पटक आर्थिक वर्ष सम्पन्न भएको तीन साता पछि मातहतका कार्यालयसहित शुक्रबार प्रगति विवरण प्रस्तुत गर्नुका सार्थ समीक्षा समेत गरेको छ । हालसम्म मधेश प्रदेशका कुनै पनि मन्त्रालय र मातहतका कार्यालयले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिसकेको छैन ।
मन्त्रालयका निमित्त प्रदेश सचिव महेन्द्र महतोको अध्यक्षता तथा प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहको प्रमुख आतिथ्यमा शुक्रबार गरेको समिक्षा कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्रालयले गत आर्थिक वर्षमा ५१ प्रतिशत बजेट खर्च गरेको छ ।
वार्षिक प्रगति समीक्षा गोष्ठीलाई उद्घाटन गर्दै मुख्यमन्त्री सतीशकुमार सिंहले विगतमा भएको त्रुटि, कमीकमजोरीबाट पाठ सिकेर अघि बढनुपर्नेमा जोड दिए ।
चालु आर्थिक वर्षमा समयमै अख्तियारी पठाउने तयारी रहेकाले योजनाहरु संचालनमा ढिलाई नगर्न मुख्यमन्त्री सिंहले मन्त्रालयका सचिवसहित मातहतका कर्मचारीहरुलाई प्रभावकारीरुपमा पारदर्शीता अपनाउँदै काम गर्नका लागि निर्देशन दिए ।
उनले मधेश प्रदेशलाई विकासको मार्गमा अघि बढाउने जिम्मेवारी कर्मचारीमा रहेकाले दत्तचित भई नतिजामूखि कार्य गर्नुपर्ने बताए । सो अवसरमा शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले कर्मचारी र मन्त्रीबीचको सम्बन्ध सुमधुर नभएसम्म कार्यप्रगति उत्साहजनक हुन नसक्ने दावी गरिन् । उनले प्रदेशमा विकास कार्यलाई गति दिनको लागि मन्त्री र कर्मचारीहरु बीच समन्वय गरेर बढ्नुको विकल्प नरहेको बताइन् ।
शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोको अध्यक्षतामा भएको वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री तिवारीले आफूले सुखसुविधाभन्दा कामलाई प्राथमिकता दिएकाले आफ्नो जिम्मेवारी बुझेर कार्य सम्पादनमा लाग्नको लागि कर्मचारीहरुलाई निर्देशन दिइन् ।
समिक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव लोकनाथ पौड्याल, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको आतिथ्य रहेको थियो भने मन्त्रालयका शाखा अधिकृत दिलिप मुखियाले कार्यक्रम सँचालन तथा उदघोषण गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…