
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
जनकपुरधाम, मंसीर २४ । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका राजेन्द्र महतोले मधेस आन्दोलनको जित भएको बताउनुभएको छ । आफ्नो जितपछि संचारकर्मीसँग नेता महतोले आफ्नो जितलाई मधेस आन्दोलनतको जित बताउनुभयो । ‘यो मधेस आन्दोलनको जित हो, धन

२०७४ मंसिर २४ आइतबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ
जनकपुरधाम, मंसीर २४ । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका राजेन्द्र महतोले मधेस आन्दोलनको जित भएको बताउनुभएको छ । आफ्नो जितपछि संचारकर्मीसँग नेता महतोले आफ्नो जितलाई मधेस आन्दोलनतको जित बताउनुभयो ।

‘यो मधेस आन्दोलनको जित हो, धनुषाको जित हो, सम्पूर्ण मधेसी जनताको जित हो, महतोले भन्नुभयो, जनकपुर मधेस आन्दोलनको राजधानी भएकाले यहाँबाट मधेसवादी दलले जित्नु भनेको ठूलो उपलब्धी हो ।’ अब संविधान संशोधन र मधेस विकासका लागि आफ्नो प्रयास रहने उहाँको प्रतिक्रिया छ ।

‘संविधान संशोधनका लागि केन्द्रमा हाम्रो संघर्ष जारी रहन्छ, हामीलाई पूरा विश्वास छ, दुई नम्बर प्रदेशमा हाम्रो सरकार बन्छ, त्यो सरकारमार्फत् हामी विकासको एजेन्डा अघि बढाउछौं’ महतोले भन्नुभयो ।
महतोले धनुषा क्षेत्र नम्बर ३ मा काँग्रेसका विमलेन्द्र निधिलाई पराजित गर्नुभएको हो । महतोले निधिलाई २९ सय ३ मतान्तरले हराउनुभयो । महतोले कुल ३० हजार ७ सय ५० मत पाउँदा निधिले २७ हजार ८ सय ४७ मत पाउनुभयो ।

जितपछि महतोले अब केन्द्रमा संविधान संशोधनका लागि वाम गठबन्धनसँग सहकार्य गरेर जाने बताउनुभएको छ । ‘हामी केन्द्रमा संविधान संशोधनका लागि वाम गठबन्धन लगायत अन्य दलसँग सहकार्य गरेर जानेछौं,’ महतोले भन्नुभयो, ‘संविधानमा छुटेका अधिकारहरू दिलाउन हाम्रो प्रयास रहनेछ, हाम्रो संवैधानिक अधिकारको सुनिश्चितताका लागि हामी वाम गठबन्धन र अन्य सबै दलहरूसँग सहकार्य गर्न तयार छौं ।’
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…