शहिदनगरका जनप्रतिनीधिले खाए ६० लाख रुपैयाँको पेट्रोलियम

२०८१ असार २८ बिहीबार
बिहान १०:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका जनप्रतिनीधिहरुले एक बर्षको अन्तरालमै करिब ६० लाख रुपैयाँको ईन्धन खाएको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ । 

चालु आर्थिक बर्ष २०८०/८१ को लागि शहिनगर नगरपालिकाले कामै नगरी करिब ६० लाख रुपैयाँ बराबरको ईन्धन खाएको हो । अपेक्षित बजेट खर्च समेत गर्न नसकेका शहिदनगर नगरपालिकाले ईन्धनमा भने ठुलै बाँडफाँड देखिएको हो । 

महालेखाका प्रतिवेदन अनुसार ईन्धन प्रयोगको लागि लगबुक राख्नुपर्नेमा लगबुक नै नराखी त्यतिकै ५९ लाख ७४ हजार ३५० रुपैयाँको ईन्धन खाएको देखाएको हो । कर्मचारी वा जनप्रतिनीधिलाई प्रदेश सरकारको खर्च मापदण्ड अनुसार ईन्धन पाउनुपर्ने व्यवस्था मिलाएको छ । 

को कर्मचारी वा जनप्रतिनीधि कहाँबाट कहाँ गए, कति किलोमिटर गए त्यसको विस्तृत विवरण र कति लिटर ईन्धन पाए भनेर लगबुक राख्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार, लग बुक नै नभरि सीधा करिब ६० लाख रुपैयाँ बराबरको ईन्धन खाएको देखाएको हो । 

यतिको ईन्धन बाँडिनुमा जनप्रतिनीधिहरुले आ आफ्ना आसेपासे, राजनीतिक कार्यकर्तालाई ईन्धन बाँडेको हुन सक्ने बुझिएको छ । 

जानकारी अनुसार, शहिदनगर नगरपालिकाका उच्च पदस्थ जनप्रतिनीधिहरुले नगरपालिकाको नाममा ईन्धन गैलन (जर्किन) मा ल्याएर खेतमा सिँचाई गर्ने, आफ्नो खेतमा ट्रयाक्टर चलाउने, दमकल चलाउने कार्यमा हजारौँ लिटर ईन्धन लिएको बताईन्छ । 

आम नागरिकले तिरेको करबाट शहिदनगरका जनप्रतिनीधिहरुले लाखौँको ईन्धन आफ्नो घरमा लगानी गरेको आरोप छ । 

 
  • 1%
  • 30%
  • 0%
  • 0%
  • 4%
  • 64%

जनकपुरको स्टार कोचिँगका सँचालक यादव पक्राउ, छात्रासँग जबरदस्ती गरेको आरोप

  • २०८१ असार २८ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको स्टार कोचिँगका सँचालक बब्लु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।  कोचिँगमा अध्ययनरत एक छात्रालाई जबरदस्ती फोन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पूरा पढ्नुहोस्

Bureau Menus