जनकनन्दिनी गाउँपालिकामा लागुऔषध र बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
नाटकको लागि जनकपुरसहित अन्य विभिन्न ठाउँबाट आएका अनुभवी कलाकारहरुले लागुऔषध तथा समाजिक विकृति विरुद्ध र बालविवाह विरुद्धको सडक नाटक गरेको जनाइएको छ । असार ११ गतेदेखि १४ गतेसम्म गरिएको सडक नाटकबाट जनमानसमा चेतना फैलिएको दाबी गरिएको हो ।

२०८१ असार १३ बिहीबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा लागुऔषध, समाजिक विकृति र बालविवाह विरुद्धको सडक नाटक प्रदर्शन गरिएको छ ।
जनकनन्दिनी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सबै वडामा लागुऔषध तथा समाजिक विकृतिविरुद्धको सडक नाटक प्रदर्शन गरिएका हो ।
समाजिक सँस्था त्रिनेत्र ट्रेनर्स नेटवर्क प्रा.लि.को समन्वयमा वडा नं. १ देखि ६ सम्मको विभिन्न वस्तीमा लागुऔषध विरुद्धको सडक नाटक प्रदर्शन गरी जनचेतना फैलाएको बताईएको छ ।
वडा नं. १ को मल्हनीयाँ, वडा नं. २ को बल्हा फिल्ड, वडा नं. ३ को महुवा बजार, वडा नं. ४ को मिलनचोक, उच्च मावि खजुरी र मावि खजुरी चन्हामा नाटक गरिएको हो । यस्तै वडा नं. ५ को मावि बनरझुला र वडा नं. ६ को कठालस्थित मन्दिरमा सडक नाटक गरिएको सँस्थाका अभिनय मिश्रले जानकारी दिए ।
गाउँपालिकाको आयोजनामा ६ वटै वडाको ६ ठाउँमा नाटक गरिएको हो भने वडा नं. ४ को आयोजनामा वडाभरिमा तीन विभिन्न वस्तीमा नाटक गरिएको हो ।
नाटकको लागि जनकपुरसहित अन्य विभिन्न ठाउँबाट आएका अनुभवी कलाकारहरुले लागुऔषध तथा समाजिक विकृति विरुद्ध र बालविवाह विरुद्धको सडक नाटक गरेको जनाइएको छ । असार ११ गतेदेखि १४ गतेसम्म गरिएको सडक नाटकबाट जनमानसमा चेतना फैलिएको दाबी गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…