भदौदेखि जनकपुरधामदेखि सीधै अयोध्यासम्म रेल चल्ने
नेपाली यात्रुले अयोध्यामा ३६ घण्टा बिताएर फर्किने सुविधा भए पनि भारतीय यात्रुहरुलाई नेपालमा ६ दिन बिताउने समय मिल्ने छ । तर उनीहरुले चाहे अर्को दिन पनि फर्किन सक्ने महाप्रबन्धक झाले बताए । जनकपुरधामबाट अयोध्याका लागि रेल सेवा सञ्चालन गर्ने क्रममा भारतीय रेल्वेले नेपाली भूभागमा रहेको जयनगरदेखि कुर्था सम्मको ३५ किलोमिटर लामो रेल्वे ट्रयाकलाई मर्मत सम्भार भारतीय रेलवेले निःशुल्क गर्न टेण्डर समेत गरिसकेको छ ।

२०८१ असार १३ बिहीबार, बिहान ८:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जगतजननी सीताको पावन जन्मस्थली जनकपुरधामबाट भगवान रामको पावन जन्मस्थली अयोध्याधामबीच रेल सेवा सञ्चालन हुन लागेको छ ।
नेपाल र भारतबीचको रोटीबेटी सम्बन्ध त्रेतायुगकालीन रहेको मान्यता छ । भगवान सीतारामबीच त्रेता युगमा विवाह सम्पन्न भएको विभिन्न सनातन धर्मग्रन्थहरुमा उल्लेख छ । भगवान रामको अयोध्यामा गत जनवरी महिनामा प्राण प्रतिष्ठा भएपछि जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटकहरुको आउजाउ निकै बढेको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका भारतीय रेलवेलाई पठाइसकिएको बताउँदै भने, भदौँ महिनादेखि रेल सेवा सञ्चालन हुने गरी काम भइरहेको छ ।
भारतको पूर्वी–सेन्ट्रल रेल्वेले जनकपुधाम र अयोध्याबीच सेवा सञ्चालन गर्ने झाले बताए । ‘पहिलो चरणमा जनकपुरधामबाट हप्तामा एक दिन सेवा रहने र यात्रुको चाप बढे हप्तामा दुई दिन सञ्चालनको योजना बनाइएको छ’ उनले भने, रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल सोमबार साँझ ५ बजे अयोध्याबाट फर्किएर मंगलवार बिहान ७ः३० बजे जनकपुरधाम पुग्ने गरी तालिका भारतीय रेल्वेलाई पठाइएको छ ।
नेपालबाट जाने यात्रुलाई अयोध्यामा डेढ दिन अर्थात ३६ घण्टाको समय दर्शन पूजाका लागि हुने उल्लेख गर्दै महाप्रबन्धक झाले भने, अयोध्यामा लामो समय रेललाई होल्ड गर्न कठिन हुने भएकाले दिल्ली सम्म पुगेर फर्किने गरी सञ्चालनको तयारी भइरहेको छ । रेल सेवाको भाडा भारतीय रेल्वेले निर्धारण गरे अनुसार हुनेछ ।
नेपाली यात्रुले अयोध्यामा ३६ घण्टा बिताएर फर्किने सुविधा भए पनि भारतीय यात्रुहरुलाई नेपालमा ६ दिन बिताउने समय मिल्ने छ । तर उनीहरुले चाहे अर्को दिन पनि फर्किन सक्ने महाप्रबन्धक झाले बताए । जनकपुरधामबाट अयोध्याका लागि रेल सेवा सञ्चालन गर्ने क्रममा भारतीय रेल्वेले नेपाली भूभागमा रहेको जयनगरदेखि कुर्था सम्मको ३५ किलोमिटर लामो रेल्वे ट्रयाकलाई मर्मत सम्भार भारतीय रेलवेले निःशुल्क गर्न टेण्डर समेत गरिसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…