कमलाका जनप्रतिनीधिहरु पदबाट राजीनामा गर
यहाँका जनताहरु पनि विभिन्न राजनीतिक दलसँग आवद्ध भएकै कारण कसैले बोल्न सकेका छैनन् भने यहाँका प्रतिपक्षिले समेत योजना चलाउने लोभमा मिलेरै काम गर्दाको नतिजा हो कमला नगरपालिकाको वर्तमान अवस्था । जनप्रतिनीधिहरुले असक्षमता साबित भएपछि नैतिकताको आधारमा राजीनामा दिनु नै जनमतको कदर हुनेछ ।

२०८१ असार ९ आइतबार, बिहान ८:४१ बजे१ मिनेट पढाइ

सम्पादकीय । पूर्वी धनुषाको कमला नगरपालिका चालु आर्थिक बर्षमा बजेट चलाउन सकेनन् । देशमा संघीयता आएपछि बनेको स्थानीय तहपछि कमला नगरपालिका निरन्तर विवादमै चल्दै आएको छ । कारण छ जातीय दबदबा ।
जातीय र छापको हिसाबले मात्र चुनाव जित्ने जनप्रतिनीधिहरुले चालु आर्थिक बर्षको अन्तिम मसान्तसम्म पनि बजेट चलाउन सकेनन् । जनतबाट निर्वाचित जनप्रतिनीधिहरुले जनमतको कदर गरेका छैनन् । जनताको अपेक्षा, जनभावना बमोजिम काम गर्न नसक्दा उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।
चालु आर्थिक बर्ष २०८०/०८१ को बजेट नै चलाउन नसकेर जनप्रतिनीधिहरु असक्षम भएको प्रमाणित भईसकेका छन् । विवाद आफ्नो ठाउँमा हुन सक्छ, तर विवादकै कारण बजेट नै चलाउन नसक्नु पनि जनप्रतिनीधिको असक्षमताको परिचय हो । जनताले आफ्नो मत दिएर जिताएका जनप्रतिनीधिहरुले कमला नगरपालिकालाई नीजि सम्पति ठानेर गैर कानुनी, गैर संवैद्यानिक, गैर समाजिक रुपले चलाउँदै आएका छन् ।
यहाँका जनताहरु पनि विभिन्न राजनीतिक दलसँग आवद्ध भएकै कारण कसैले बोल्न सकेका छैनन् भने यहाँका प्रतिपक्षिले समेत योजना चलाउने लोभमा मिलेरै काम गर्दाको नतिजा हो कमला नगरपालिकाको वर्तमान अवस्था । जनप्रतिनीधिहरुले असक्षमता साबित भएपछि नैतिकताको आधारमा राजीनामा दिनु नै जनमतको कदर हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…