नेविसंघको अगुवाईमा धनौजीमा वृहत विरुवारोपण

२०८१ असार ७ बिहीबार
बेलुकी ६:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा वृहत विरुवारोपण कार्यक्रम गरिएको छ । 

नेपाली काँग्रेस निकट विद्यार्थी सँगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको वृहत विरुवारोपण कार्यक्रममा स्थानीय नेताहरुको सहभागीता रहेको थियो । 

नेविसंघ एवम् राराब कलेजका स्वीयू कोषाध्यक्ष राकेश कुमार सिँहको अगुवाईमा गरिएको विरुवारोपण कार्यक्रममा मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादवले विरुवा रोपण गरे । 

धनौजी गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष बद्रीनारायण सिँह, नेपाली काँग्रेसबाट धनुषा निर्वाचन क्षेत्र नं. ३(क) बाट निर्वाचित प्रदेश साँसद समेत रहेका यादवको प्रमुख आतिथ्यमा विरुवारोपण कार्यक्रम गरिएको कोषाध्यक्ष सिँहले जानकारी दिए । 

अन्य नेताहरुको उपस्थितिमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको सिँहले बताए । वातावरणमा दिनप्रतिदिन तापक्रम बढदै गएको र वन विनाशले परेको पृथ्वीको हानीलाई कम गर्न विरुवारोपण कार्यक्रमको आयोजना गरिएको बताए । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

  • २०८१ असार ७ बिहीबार

सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ ।  एनआइसी एसिया बैंक गोलबजार शाखाले

पूरा पढ्नुहोस्

Bureau Menus