नेविसंघको अगुवाईमा धनौजीमा वृहत विरुवारोपण
अन्य नेताहरुको उपस्थितिमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको सिँहले बताए । वातावरणमा दिनप्रतिदिन तापक्रम बढदै गएको र वन विनाशले परेको पृथ्वीको हानीलाई कम गर्न विरुवारोपण कार्यक्रमको आयोजना गरिएको बताए ।

२०८१ असार ६ बिहीबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा वृहत विरुवारोपण कार्यक्रम गरिएको छ ।
नेपाली काँग्रेस निकट विद्यार्थी सँगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको वृहत विरुवारोपण कार्यक्रममा स्थानीय नेताहरुको सहभागीता रहेको थियो ।
नेविसंघ एवम् राराब कलेजका स्वीयू कोषाध्यक्ष राकेश कुमार सिँहको अगुवाईमा गरिएको विरुवारोपण कार्यक्रममा मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादवले विरुवा रोपण गरे ।
धनौजी गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष बद्रीनारायण सिँह, नेपाली काँग्रेसबाट धनुषा निर्वाचन क्षेत्र नं. ३(क) बाट निर्वाचित प्रदेश साँसद समेत रहेका यादवको प्रमुख आतिथ्यमा विरुवारोपण कार्यक्रम गरिएको कोषाध्यक्ष सिँहले जानकारी दिए ।
अन्य नेताहरुको उपस्थितिमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको सिँहले बताए । वातावरणमा दिनप्रतिदिन तापक्रम बढदै गएको र वन विनाशले परेको पृथ्वीको हानीलाई कम गर्न विरुवारोपण कार्यक्रमको आयोजना गरिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…