
न्यूज ब्यूरो, विराटनगर । कोशी प्रदेश जनस्वास्थ्य संघको तेस्रो कार्यकालको लागि निर्बिरोध समिती चयन भएको छ ।
कोशी प्रदेशको १४ जिल्लामा स्नातक र स्नकोतर गरेर जनस्वास्थ्य सङमा स्थाइ स्दस्य १४१ र अस्थाई सदस्य २९० रहेको समितिको अध्यक्ष पदमा लबि शाक्य र ब्रजेश मेहताको उम्मेदवारी परेकोमा निर्विरोध चयन भएको हो । यस्तै, उपाध्यक्ष पदमा सुर्य नारायण चौधरी र किशोर मण्डलको उमेदबारी परेकोमा अन्य पदमा एकल उम्मेदवारी परेपछि स्वतः छनौट भएको थियो ।
विभिन्न चरणमा छलफल गरि कोशी प्रदेशमा एकताको सन्देश दिन उच्च मनको धनी जनस्वास्थ्यकर्मी लबि शाक्य र किशोर मण्डलले सहमतिमा उम्मेदवारी फिर्ता गरेको थियो।
पदाधिकारीहरुसँग पटक पटक छलफल गरी अरु पदमा एकल उम्मेदवारी परेमा निर्विरोध चयन गरेको थियो । निर्बाचन समितिको अध्यक्ष डा. सुरेश मेहताले जनस्वास्थ्य कर्मी सहमतिमा एक भएको संदेश दिन सम्पुर्णले गरेको प्रयास र योग्दानको कदर गर्दै प्रसंशा गरे । अबको दिनमा क्षमता बिकाश र नीति गत तहमा पैरबी गर्नु पर्ने सल्लाह दिए ।
संस्थापक अध्यक्ष अनिल देबले जनस्वास्थ्य क्षेत्र जोगाउन स्वास्थ्य कार्यालय जोगाउन हामिले पैरबी गरिरहनु पर्ने धारण राखे । नबनिर्बाचित अध्यक्ष ब्रजेश मेहताले सबै जनस्वास्थ्य कर्मी एक भएर जनस्वास्थ्यको हकहितमा लाग्नु पर्ने जोड दिए ।
समग्र स्वास्थ्यको आधार नै जनस्वास्थ्य भएकोले जनस्वास्थ्य क्षेत्र बलियो हुनुपर्ने। रोग रोकथाम , स्वास्थ्य प्रबर्द्धन , जोखिम तत्वको पहिचान, व्यवहारमा सकारात्मक परिवर्तनले रोगको जोखिम कम हुने भएकोले जनस्वास्थ्य बलियो हुनुपर्ने धारणा राखे।
यस क्षेत्रहरुमा बजेट र जनशक्ति थप्नको लागि पैरबी गर्नको लागि सबै जनस्वास्थ्य कर्मी , पत्रकार ,बुद्धिजिबि नेतृत्वले फलफल गर्न उपाध्यक्ष सुर्य नारायण चौधरी ले अनुरोध गरे ।
जनस्वास्थ्य संघ जनस्वास्थ्य बिज्ञको समूह हो । यहाँ स्वास्थ्य कार्यको प्रमुख , जनस्वास्थ्य अधिकृतले , प्रगिक ब्यक्ति ,प्राध्यापक , गैरसरकारी क्षेत्रमा काम गर्ने बौद्धिक समूह हो।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८१ असार ७ बिहीबार