बाबा पेट्रोलियमको बारेमा समाचार झुठो रहेको भन्दै सँचालक साहले गरे खण्डन
अघिल्लो समाचारमा सँचालकको तर्फका प्रतिक्रिया नलिई एकतर्फी समाचार प्रकाशित भएकोमा न्यूज ब्यूरोले सोही एडिसन समाचारमा क्षमा याचना गरिसकेको छ भने अर्को समाचार मार्फत सँचालकको तर्फबाट खण्डनरुपी समाचार प्रकाशित गरिसकेको छ ।

२०८१ असार ५ बुधबार, दिउँसो १:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठास्थित सँचालनमा रहेको बाबा पेट्रोलियमको बारेमा न्यूज ब्यूरोमा प्रकाशित समाचारलाई बाबा पेट्रोलियमका सँचालक विवेक कुमार साहले खण्डन गरेका छन् ।
साहले बाबा पेटेलियमको बारेमा प्रकाशित भएको समाचारमा कुनै सत्यता नभएको र समाचार झुठो रहेको भन्दै समाचार खण्डन गरेका हुन् । न्यूज ब्यूरोलाई एक खण्डन पत्र लेख्दै सँचालक विवेक कुमार साहले समाचार झुठो रहेको भन्दै खण्डन गरेका हुन् ।
गत जेठ ३१ गते न्यूज ब्यूरोमा प्रकाशित “अझै सुध्रेन जनकपुरको बाबा पेट्रोल पम्प, पेट्रोलमा ग्राहकलाई खुल्लेयाम ठगी” शिर्षकको समाचारमा सत्यता नरहेको र समाचार झुठो रहेको दाबी गर्दै खण्डन गरेका हुन् ।
सँचालक विवेक कुमार साहले लेखेको खण्डन पत्रः
.jpg)
गत बर्षका समाचारहरुप्रति समेत सँचालक साहले खण्डन दाबी गरेपनि सो समाचारहरु पूर्ण प्रमाणसहित प्रकाशित गरिएको हो । सँचालक साहले खण्डन पत्रको २ नम्बर बुँदामा उल्लेख गरिए बमोजिम पुरानै फोटो नभएर नयाँ फोटो तस्विर प्रयोग गरिएको दुवै तस्विरको फरकले यकिन गर्न सकिन्छ । यसको लागि उपभोक्ताले लगाएको आरोपको प्रतिक्रिया समेत सुरक्षित राखिएको छ ।
खण्डन पत्रको बुँदा नम्बर ३ मा बाबा पेट्रोलियमको साटो बाबा पेट्रोल हुन गएकोमा उनले नाम सुधारको लागि समेत खण्डन गरेका हुन् ।
अघिल्लो समाचारमा सँचालकको तर्फका प्रतिक्रिया नलिई एकतर्फी समाचार प्रकाशित भएकोमा न्यूज ब्यूरोले सोही एडिसन समाचारमा क्षमा याचना गरिसकेको छ भने अर्को समाचार मार्फत सँचालकको तर्फबाट खण्डनरुपी समाचार प्रकाशित गरिसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…