अझै सुध्रेन जनकपुरको बाबा पेट्रोल पम्प, पेट्रोलमा ग्राहकलाई खुल्लेयाम ठगी !
झाले सो पेट्रोल पम्पमा रुपैयाँ पुरा लिएर कम ईन्धन दिने गरेको भन्दै सो पेट्रोल पम्पमा कसैलाई ईन्धन नभराउन सल्लाह दिए । उनले सरोकारबाला निकायले यथाशिघ्र चेकजाँच गरी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

२०८१ जेठ ३१ बिहीबार, राति ९:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पटक पटक ठगी आरोपमा विवादमा पर्दै आएको जनकपुरको बाबा पेट्रोलियमले ग्राहक ठगी गरेको आरोप लगाईएको छ ।
कैयौँ पटक पेट्रोलियममा ठगी गरेको आरोप र प्रमाणसहित समेत भेटेर कारवाही भोगेको बाबा पेट्रोलियमले ठगी गरेको आरोप एक उपभोक्ताले लगाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठास्थित सँचालनमा रहेको बाबा पेट्रोलियमले ठगी गरेको आरोप एक उपभोक्ताले लगाएका छन् । रकम पुरै लिएर पेट्रोल कम दिएको आरोप उपभोक्ताले लगाएका छन् ।
यसअघि पनि कम पेट्रोल दिने गरेको समाचारपछि नेपाल आयल निगम र नापतौल विभागको टोलीले नापजोख गर्दा ईन्धन कम आएको देखिएको थियो । त्यसपछि सँचालकले नापतौल गुणस्तरले यकिन गरी कुनै समस्या नभएको बताएको सर्टिफिकेट दिएको दाबी गरिएको थियो ।
विहिबार बाबा पेट्रोल पम्पमा पेट्रोल लिन गएका धनुषाकै एक युवकले रु. १६० रुपैयाँको पेट्रोल माग्दा उनको डिस्पलेमा १ लिटर ४० एम.एल. पेट्रोल गएको देखाएपनि ईन्धन कम गएको आरोप लगाईएको छ ।
“नेपाल सरकारको दर अनुसार प्रतिलिटर १६५ रुपैयाँ ६५ पैसा मूल्य भएपनि रु. १६० मै १ लिटर ४० एमएल पेट्रोल गएपछि शंका लागेको थियो । १६५ रुपैयाँमा १ लिटर जानुपर्नेमा १६० रुपैयाँमै अर्थात करिब ६ रुपैयाँ कममै ४० एमएल बढी पेट्रोल दिने सवाल नै उत्पन्न हुँदैनन् ।”– उपभोक्ता मोनु झाले बताए ।
यो पनि पढनुहोस्
यसअघि पनि त्यहाँ ईन्धन भराउँदा कम ईन्धन दिने गरेको गुनासो आईरहेको थियो । झाको गाडी रिजर्वमा रहेको अवस्थामा ३ सेकेण्डमै १ लिटर ४० एमएल पेट्रोल कसरी गयो भनेर सोध्दा त्यहाँका कर्मचारीले बढी नै गएको भनेर जवाफ फर्काएका थिए । तर, उनको सवारी रिजर्वमा हुँदा ईन्धन हालेपछि रिजर्व खुल्नुपर्नेमा रिजर्व समेत नखुलेको र तेल गएको महसुस नै नभएपछि उनले प्रश्न तेर्साएका थिए ।
उनले सरोकारबाला निकायले यथाशिघ्र चेकजाँच गरी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
यता, बाबा पेट्रोलियमका सँचालक विवेक कुमार साहले आरोप मिथ्या रहेको बताएका छन् । उनले समाचार तथ्यप्रति खण्डन गर्दै आरोप निराधार रहेको दाबी गरे । उनले मेसिन डिस्पले बिग्रेर त्यस्तो देखाएको हुन सक्ने बताउँदै आरोपलाई निराधार बताए ।
पुनश्चः यसअघि सँचालकको तर्फबाट प्रतिक्रिया नलिईन असन्तुलित समाचार प्रकाशित हुन गएकोमा हामी क्षमा प्रार्थी छौँ, आगामी दिनमा यसप्रति सजग हुने प्रतिवद्धता जाहेर गर्दछौँ– सम्पादक
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…