पूर्वी धनुषामा संगठन विस्तारको लागि मेरो उम्मेदवारी केन्द्रीय सदस्यमा छः यादव
सोही क्रममा जसपा नेपालको भातृ सँगठन युवा संघका राजनीतिक यात्रा सुरुवात गरेकी स्मृति मिश्रले समेत केन्द्रीय सदस्यको जिम्मेवारीको लागि उम्मेदवारी दर्ता गराएकी हुन् । सँचारकर्मी समेत रहेकी उनले मतदातासँग मत मागिन् ।

२०८१ जेठ ३० बुधबार, दिउँसो १२:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष (प्रमुख) दिपिनदेव यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
गाउँस्तरबाट सँघर्ष गरेका यादवलाई जसपा नेपालको एकताको अधिवेशनबाट बुधबार उनले केन्द्रीय कमिटीको सदस्य बन्न उम्मेदवारी दिएका हुन् ।
पूर्वी धनुषामा जसपा नेपालको विस्तार र पार्टी सुदृढीकरणमा सक्रिय नेतृत्वको रुपमा चिनिएका यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले आजै केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी दिएका हुन् ।
२०७९ सालको स्थानीय चुनावमा पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव यसअघि जसपा नेपालको अधिवेशन प्रतिनीधिको रुपमा चयन भएका थिए । पार्टीप्रतिको क्रियाशिलतालाई मतदाताहरुले न्याय गर्ने उनले बताए ।
पार्टीप्रतिको लगनशिलता र क्रियाशिलतालाई मध्यनजर गरी उनलाई केन्द्रीय सदस्यको जिम्मेवारीमा मत दिन आग्रह गरे । जसपा नेपालको धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको समर्थन र सपोर्ट रहेको यादवलाई मतदाताहरुले विश्वास गर्नुपर्ने प्रचुर अवस्था रहेको बताए ।
उनले पार्टीमा आफ्नो मिहिनेत, परिश्रमको फल प्राप्तिको अवसर पाएको बताउँदै पूर्वी धनुषामा जसपा नेपालको सदस्य उब्जनी, सँगठन विस्तार र मजबुत बनाउने अवसर प्रदान गर्न मतदाताहरुसँग आग्रह गरे ।
सोही क्रममा जसपा नेपालको भातृ सँगठन युवा संघका राजनीतिक यात्रा सुरुवात गरेकी स्मृति मिश्रले समेत केन्द्रीय सदस्यको जिम्मेवारीको लागि उम्मेदवारी दर्ता गराएकी हुन् । सँचारकर्मी समेत रहेकी उनले मतदातासँग मत मागिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…