जसपा नेपालको कमला नगर अध्यक्ष यादवले दिए पदबाट राजिनामा

२०८१ जेठ ३० बुधबार
बिहान ०९:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, धनुषा । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको कमला नगर अध्यक्षले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । 

पूर्वी धनुषाको कमला नगरपालिकामा जसपा नेपालको नगर अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका धनेश्वर यादवले नगर अध्यक्षको पदबाट राजिनामा गरेको जनाएको छ । 

कमला नगरपालिका वडा नं. २ का पूर्व वडाध्यक्ष समेत रहेका यादवले आफ्नो अधिकारिक फेसबुकमा एक वक्तत्व लेख्दै नगर अध्यक्षको जिम्मेवारी त्याग गरेको उल्लेख गरेका छन् । उनले नगर अध्यक्षको पदबाट राजिनामा गरेपनि आगामी दिनमा पार्टीको साधारण सदस्य भई इमान्दारीपूर्वक काम गर्ने जनाएको छ । 

उनले नगर अध्यक्ष पदबाट किन र केको लागि राजीनामा दिएको भन्नेबारे उल्लेख गरेको छैनन् । जानकारी अनुसार, यादवलाई पार्टीले स्थान नदिएकै कारण पनि राजीनामा दिएको हुन सक्ने बताइएको छ । यद्यपी यसको पुष्टि भने गरिएको छैनन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८१ जेठ ३० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus