जसपा नेपालको एकता महाधिवेशनबाट नेतृत्व चयन हुँदै, आजै उम्मेदवारी दर्ता
नेतृत्व चयनका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने महाधिवेशन प्रतिनिधि तथा मधेशका सांसद राजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार उम्मेदवारी परेपछि सहमतिको प्रयास गरिने नभए निर्वाचन गराउने तयारी छ ।

२०८१ जेठ ३० बुधबार, बिहान ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको छ ।
महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछ । जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चयन गर्न नेताहरू कसरत थालेका छन् ।
नेतृत्व चयनका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने महाधिवेशन प्रतिनिधि तथा मधेशका सांसद राजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार उम्मेदवारी परेपछि सहमतिको प्रयास गरिने नभए निर्वाचन गराउने तयारी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…