तरुण दल सिरहाको कार्यवाहक अध्यक्ष मण्डल नै हुनः सभापति यादव
अध्यक्ष गुरुङग केही दिन अगाडी मात्र सिरहामा भएको एक कार्यक्रममा समेत अरबिन्द मण्डलकै अध्यक्षा स्वीकार गरी कार्यक्रम गरेको बताएपछि अरबिन्द मण्डल नै कार्यवाहक अध्यक्ष रहेको पुष्टयाई भएको छ ।

२०८१ जेठ २९ मंगलबार, राति ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले तरुण दल सिरहाको कार्यवाहक अध्यक्ष अरबिन्द मण्डल नै रहेको प्रष्टयाएका छन् ।
नेपाली काँग्रेसका भातृ सँगठनको रुपमा रहेको नेपाल तरुणको जिल्ला कार्य समिति सिरहामा पटक पटक विवाद हुँदा सभापति यादवले फायर खोलेका छन् । उनले मँगलबार जिल्ला कार्य समिति सिरहाद्धारा एक प्रेस विज्ञप्ति जारी गर्दै अरबिन्द मण्डललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी रहेको प्रष्टयाएका हुन् ।
यसअघि तरुण दल सिरहाको सभापति दाबी गर्दै आएका सरद राजा शाही जिल्ला कार्य समितिमा निर्वाचित भएपछि भएको पद रिक्तपछि मण्डललाई कार्यवाहकको जिम्मेवारी तोकिएको उनले उल्लेख गरेका छन् ।
यसअघि शाही नै कार्यवाहक अध्यक्ष रहँदै आएकोमा उनले २०७८ सालमा काँग्रेसको जिल्ला अधिवेशनबाट सदस्यमा निर्वाचित भएपछि उनी स्वतः पदबाट हटेको विधानलाई उदृत गरेका छन् । पद रिक्त भएपछि २०७९ फागुन ३० गतेमा भएको बैठकबाट अरबिन्द मण्डललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको र हालसम्म जारी रहेको बताएका छन् ।

नेपाली काँग्रेस सिरहा र तरुण दलमा समेत गुट उपगुट बनेर विवाद चर्किएपछि तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङगले समेत विवाद समाप्त पार्न सूचना जारी गरेका छन् । सरद राजा शाहीमाथि भएको कालोमोसो प्रकरणपछि यथाशिघ्र विवाद मिलाउन विज्ञप्ति जारी गरेका हुन् ।
अध्यक्ष गुरुङग केही दिन अगाडी मात्र सिरहामा भएको एक कार्यक्रममा समेत अरबिन्द मण्डलकै अध्यक्षा स्वीकार गरी कार्यक्रम गरेको बताएपछि अरबिन्द मण्डल नै कार्यवाहक अध्यक्ष रहेको पुष्टयाई भएको छ ।
यता, सभापति यादवले सरद राजा शाहीले काँग्रेसको विधान विपरित गतिविधि र क्रियाकलाप गरेको भन्दै विधान बमोजिम कारवाहीको माग समेत गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…