नेपाल युवा उद्यमी मँचको जनकपुर च्याप्टर अध्यक्षमा डा. सोनु साह
नेपालभर १३ च्याप्टर रहेको युवा उद्यमी मंचमा स्थापित युवाहरुको संलग्नता छ । नेपाल उद्योग वाणिज्य महासंघको प्रोत्साहनमा उद्यमशिलता र युवा उद्यम विकासका लागि दुई दशकदेखि काम गर्दै आएको छ ।

२०८१ जेठ २७ आइतबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको मोनाष्टिक स्कूलका प्रबन्धक निर्देशक एवम् चर्चित युवा उद्यमी डा. सोनुकुमार साह नेपाल युवा उद्यमी मँच जनकपुर च्याप्टरको कमाण्ड सम्हालेका छन् ।
युवा उद्यमीहरुको साझा संस्था नेपाल युवा उद्यमी मंच, जनकपुर च्याप्टरको नयाँ नेतृत्वमा डा. साहलाई चयन गरिएको हो । चौथो सधारणसभाबाट डा. साहलाई सँगठनको अध्यक्षमा सर्वसहमतिले नयाँ नेतृत्व चयन भएको हो ।
मंचको प्रथम उपाध्यक्षमा राजिव रौनियार, द्वितिय उपाध्यक्षमा नवीन साह, कार्यकारी सदस्यमा दिपक शर्मा, सुनिल साह, प्रियांशु साह, सुमित गुप्ता, संजु नायक, विशाल साह र जयकुमार साह चयन भएका छन् ।
सधारणसभामा नेशनल गवर्निङ काउन्सिलका अध्यक्ष सहारा जोशी, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, अधिवक्ता सुदिप कोइराला, सुनचाँदी व्यवसायी संघका अध्यक्ष अमरनाथ गुप्ता लगायतको उपस्थिति थियो ।
नेपालभर १३ च्याप्टर रहेको युवा उद्यमी मंचमा स्थापित युवाहरुको संलग्नता छ । नेपाल उद्योग वाणिज्य महासंघको प्रोत्साहनमा उद्यमशिलता र युवा उद्यम विकासका लागि दुई दशकदेखि काम गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…