
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकास्थित विभिन्न पार्टी परित्या गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेको छ ।
शनिबार लोसपा धनौजीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा धनौजी गाउँपालिका वडा नम्बर ४ भडरिया तरही टोलमा दर्जनौ नेता कार्यकर्ताहरु नेपाली काँग्रेस, एमाले तथा अन्य पार्टी छाडेर लोसपामा प्रवेश गरेको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (क) का क्षेत्रीय अध्यक्ष एवम् वडा अध्यक्ष प्रत्याशी संतोष मण्डलको अध्यक्षता तथा पार्टीका केन्द्रीय महासविच परमेश्वर साहको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बिशिष्ट अतिथिमा सचिव सदाशिव मिश्र ,जिल्ला अध्यक्ष एवं धनौजी गा.पा.अध्यक्ष प्रत्याशी जीबेन्द्र झा,अतिथि पालिका अध्यक्ष उपेन्द्र मण्डल, ,वडा सदस्य द्वय ,नागेन्द्र साह, रोशन मिश्रसहित पार्टीका नेता राम कुमार चौधरी,उपाध्यक्ष प्रत्याशी रंजीता मण्डल, सुरेन्द्र दास ,शुभास झा लगायतका नेताहरुको उपस्थितिमा दर्जनौको संख्यामा बिभिन्न पार्टी परित्याग गरि लोसपा नेपालमा प्रवेश गरेको थियो ।
नक्कली अस्पतालहरु बन्द गर्न थालेपछि मुख्यमन्त्रीविरुद्ध अस्पताल सँचालकहरुको मोर्चाबन्दी
- २०८१ जेठ २७ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले नक्कली अस्पतालहरुलाई बन्द गर्न थालेपछि सँचालकहरु प्रतिकार गर्ने मुडमा देखिएका छन् । मुख्यमन्त्रीको पछिल्लो अस्पतालहरुमा देखिएको छडके अनुगमन र चासोलाई दृष्टिगत
पूरा पढ्नुहोस्