नागरिकता किर्तेका आरोपित कैलाश सिरोहियालाई हेलिकप्टरबाट लगियो काठमान्डौँ, अस्पताल भर्ना
दोस्रो पटक म्याद थपेकै दिन साँझ उनलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि प्रहरीले प्रादेशिक अस्पताल लगेको थियो । उनलाई तनावको कारण स्वास्थ्यमा गडबडी भएको बताईएको छ ।

२०८१ जेठ १५ मंगलबार, दिउँसो ४:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नागरिकता कीर्तेसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
जनकपुरधामको काब्या अस्पतालमा शुक्रबार उपचारका लागि भर्ना भएका उनलाई डा. एसके सिंह र डा. पंकजकुमार साहको सिफारिसमा थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको हो । उनलाई ललितपुरमा रहेको मेडिसिटी अस्पताल लगिने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले ज्येष्ठ ८ गते मंगलबार कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर जनकपुरधाम ल्याइएको थियो । धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३/३ दिनको म्याद थपेको छ ।
दोस्रो पटक म्याद थपेकै दिन साँझ उनलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि प्रहरीले प्रादेशिक अस्पताल लगेको थियो । उनलाई तनावको कारण स्वास्थ्यमा गडबडी भएको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…