उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको रिटमा आज सुनुवाई हुँदै
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा गत मंगलावर सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफ माग गर्ने आदेश गरेको थियो । जसपा नेपाल विभाजन गरी नयाँ दल गठन गरेका अशोक राईलगायत ७ सांसदले वैधानिकता नपाएको भन्दै उनीहरूलाई विश्वासको मत लिने प्रक्रियामा सहभागी गराउन रोक्न माग गर्दै अध्यक्ष यादवले रिट दायर गरेका थिए ।

२०८१ जेठ १४ सोमबार, बिहान ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निर्वाचन आयोगले गैरकानुनी रुपमा फुटेका समूहलाई दलको मान्यता दिएको विरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्वोच्च अदालत दायर गरेको रिटमा आज सुनुवाई हुने भएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा निर्वाचन सम्बन्धी कानुन विपरित जनता समाजवादी पार्टी (जसपा) लाई दलको मान्यता दिएको उल्लेख गर्दै निर्वाचन आयोग र पार्टीबाट अलग भएका ७ जना सांसदलाई समेत विपक्षी बनाएका छन् । रिटमा पार्टी फुटाउन ४ सय ६ सदस्यीय केन्द्रीय समितिको ४० प्रतिशत सदस्य हुनुपर्ने भए पनि त्यो नभएकाले आयोगको निर्णय गैरकानुनी भएको जिकिर गरि एको छ ।
यस्तै आयोगले निष्क्रिय रहेको कानुनको हवाला दिँदै छुट्टै नयाँ दलको रुपमा दर्ताका लागि दिएको निवेदनमा मागअनुसार दल दर्ताको निर्णय गर्नु त्रुटिपूर्ण रहेको जिकिर रिटमा गरिएको छ । यादवले दर्ता गरेको रिटमा अलग पार्टी बनाउने सातै जना सांसदको पदमुक्त गर्न समेत माग गरिएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल सर कारको प्रतिनिधिको रुपमा आफू विदेशमा रहेको बेला गैरकानुनी रुपमा दल विभाजन गरी दर्ता गरि एको आरोप लगाएका छन् । गत मंगलबार सर्वोच्चले सुनुवाई गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमवार लिएको विश्वासको मतमाथि प्रश्न उठाएको थियो ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले प्रधानमन्त्री प्रचण्डले लिएको विश्वासको मतमाथि प्रश्न उठाउँदै लिखित जवाफ माग गरेको थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा गत मंगलावर सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफ माग गर्ने आदेश गरेको थियो । जसपा नेपाल विभाजन गरी नयाँ दल गठन गरेका अशोक राईलगायत ७ सांसदले वैधानिकता नपाएको भन्दै उनीहरूलाई विश्वासको मत लिने प्रक्रियामा सहभागी गराउन रोक्न माग गर्दै अध्यक्ष यादवले रिट दायर गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…