फेसबुकमा फोटो हालेको भन्दै न्यूजब्यूरोकर्मी यादवलाई मार्ने धम्की
धनुषामा दुई पत्रकार ज्यान गएको सन्दर्भलाई जोडदै सरोज यादवले सबिनलाई समेत त्यसरी नै मारिदिने भनेर धम्काएको आरोप पत्रकार यादवले लगाएको हो । अहिले जिल्ला प्रहरी कार्यालय सिरहामा आरोपितहरुलाई बोलाएको छ ।

२०८१ जेठ ११ शुक्रबार, बिहान ११:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । न्यूज ब्यूरोका सिरहा संवाददाता सबिन्द्र कुमार यादव (सबिन) लाई ज्यान मार्ने धम्की दिइएको छ ।
सिरहाको नरहा गाउँपालिका वडा नम्बर २ बस्ने न्यूजब्यूरोका पत्रकार सबिन यादवलाई सोही स्थान बस्ने सरोज यादवले तथानाथ गाली गलौज गर्दै मार्ने धम्की दिएको हो ।
गाउँमा स्थानीयहरुको पँचायत (बैठक) चलिरहँदा सरोजले दर्जनौ व्यक्तिको बीचमा यादवलाई मार्ने धम्की दिएका हुन् । गाउँमा टैक्टर राखेर सडक जाम गरेको तस्विर हालेपछि उनलाई मार्ने धम्की दिएको हो ।

पत्रकार यादवलाई मार्ने धम्की दिएपछि उनले प्रहरी गुहारेका छन् । ईलाका प्रहरीमा निवेदन दर्ता गराउँदै शुक्रबार जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराउने भएको छ ।
स्थानीय सरोज यादवले सार्वजनिक सडकमा टैक्टर राखेर सडक आवतजावत बन्द गरेको थियो । दुई पक्षबीच भएको भनाभनको क्रममा सडक जामसम्म पुगेपछि स्थानीयहरुलाई सास्ती भएको थियो । सोही तस्विर पत्रकार यादवले फेसबुकमा पोष्टयाएपछि उनलाई मार्ने धम्की दिएको हो ।
धनुषामा दुई पत्रकार ज्यान गएको सन्दर्भलाई जोडदै सरोज यादवले सबिनलाई समेत त्यसरी नै मारिदिने भनेर धम्काएको आरोप पत्रकार यादवले लगाएको हो । अहिले जिल्ला प्रहरी कार्यालय सिरहामा आरोपितहरुलाई बोलाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…