धनुषाको धनौजीमा दाईजो प्रथा उन्मुलनको लागि सडक नाटक प्रदर्शन
छोरीलाई दाईजो भन्दा शिक्षामा पहुँच बनाउनुपर्ने धारणा प्रमुख प्रशासकीय अधिकृत सँतोष कुमार शर्माले राखे । प्रशासनका अरुण कुमार यादवले यस्ता चेतनामूलक सडक नाटकले समाजमा शिघ्र चेतना फैलिनमा विश्वास राखे ।

२०८१ जेठ ९ बुधबार, बिहान ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ को विभिन्न वस्तीमा सडक नाटक प्रदर्शन गरिएको छ ।
धनौजी गाउँपालिका वडा नम्बर २ मा पर्ने वस्तीहरुमा पुगेर जनकपुरका चर्चित कलाकारहरुले दाईजो प्रथा उन्मुलनको लागि जनचेतनामूलक सडक नाटक कार्यक्रम गरेको हो ।
वडा नम्बर २ को धनौजी गाउँको दुर्गा मन्दिर टोल, धनौजी बजार र सोही वडाको गौरदाहास्थित सडक नाटक प्रदर्शन गरेको हो । धनौजी गाउँपालिका वडा नम्बर २ को आयोजनामा राखिएको सडक नाटक ३ दिनसम्म चलेको थियो ।
जेठ ६ गते आईतबारदेखि जेठ ८ गते मँगलबारसम्म सडक नाटक कार्यक्रम गरिएको जनाईएको छ । वडाध्यक्ष, वडासचिव, वडासदस्यहको रोहबरमा सडक नाटक गरिएको हो ।
वर्तमान समाजमा जडो गाडेको दाईजो प्रथा लाई निरुत्साहित गर्नको लागि धनौजी गाउँपालिकाको एक चेतनात्मक प्रयास रहेको वडाध्यक्ष उदय कुमार साहले बताए । उनका अनुसार, समाजमा यी तत्वले कैयौँको जीवन बर्बाद पारेकोले नाटक मार्फत चेतना फैलाएको बताए ।
सोही क्रममा वडासदस्य रोशन मिश्रले गाउँ समाजमा दाईजो प्रथाको कारण हुने हत्या, हिँसा, एक गैर समाजिक परम्परालाई समाजबाट न्यूनिकरण गर्नको लागि यो अभियान अन्तर्गत सडक नाटक गरिएको बताए । नाटकको अन्त्यहरुमा उनले माईकिँग गरी दाईजो प्रथा उन्मुलनको लागि वडाको प्रयासको बारेमा जानकारी गराए ।
छोरीलाई दाईजो भन्दा शिक्षामा पहुँच बनाउनुपर्ने धारणा प्रमुख प्रशासकीय अधिकृत सँतोष कुमार शर्माले राखे । प्रशासनका अरुण कुमार यादवले यस्ता चेतनामूलक सडक नाटकले समाजमा शिघ्र चेतना फैलिनमा विश्वास राखे ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…