हँसपुर नगरपालिकामा ४ बर्ष सेवा गरेका लेखापाल लुङ्गेलिलाई विदाई, लेखापाल दासलाई स्वागत
उच्च पदस्थ कर्मचारीहरुसँगको व्यवहार, कनिष्ठ कर्मचारीहरुसँगको सुमधुर व्यवहारप्रति उनको प्रशँसा गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत ठाकुरले लुङ्गेलिलाई विदाई गर्दै नयाँ लेखापाल प्रकाश चन्द्र दासलाई स्वागत समेत गरे ।

२०८१ जेठ १० बिहीबार, बिहान ९:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका लेखापाल नेत्र लुङ्गेलिलाई विदाई गरिएको छ ।
बुधबार दिउँसो एक कार्यक्रमबीच हँसपुर नगरपालिकाका मेयर प्रदीप कुमार यादव, प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले उनलाई बिदाई गरेको हो । ४ बर्षसम्म निरन्तर हँसपुरमा सेवा प्रदान गरेका लुङ्गेलिलाई उनको कार्य सम्पादन, कार्यदक्षता र जनता तथा जनप्रतिनीधीसँगको व्यवहारको प्रशँसा गरिएको थियो ।
उच्च पदस्थ कर्मचारीहरुसँगको व्यवहार, कनिष्ठ कर्मचारीहरुसँगको सुमधुर व्यवहारप्रति उनको प्रशँसा गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत ठाकुरले लुङ्गेलिलाई विदाई गर्दै नयाँ लेखापाल प्रकाश चन्द्र दासलाई स्वागत समेत गरे ।
अधिकृत ठाकुरले दुवै जनालाई नयाँ कार्यकाल र नयाँ स्थानको लागि शुभकामना दिए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…