जनकपुरका जीतेन्द्र यादवलाई 'एक्जिटो एक्सेलेन्स अवार्ड'
धनुषाको कमला नगरपालिका वडा नम्बर २ स्थायी निवासी रहेका यादव विगत लामो समयदेखि काठमान्डौँमा आईटी क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन् । होस्टीँग सेवा, वेभ पोर्टल लगायत आईटी क्षेत्रमा योग्दान दिएको भन्दै सँस्थागत रुपमा उनलाई सम्मान गरिएको हो ।

२०८१ जेठ ८ मंगलबार, बिहान ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत लामो समयदेखि देशको आईटी क्षेत्र मार्फत योग्दान दिएको भन्दै धनुषाका जीतेन्द्र यादवलाई एक्जिटो एक्सेलेन्स अवार्ड प्रदान गरिएको छ ।
यात्रा प्लस र एक्जिटो इभेन्टले आइतबार काठमाडौंमा आयोजना गरेको एक समारोहबीच ललितपुरको बालकुमारीस्थित रहेको “तरेगन आईटी, ई होस्टीँग सर्भरका फाउण्डर यादवलाई ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ प्रदान गरिएको हो ।
धनुषाको कमला नगरपालिका वडा नम्बर २ स्थायी निवासी रहेका यादव विगत लामो समयदेखि काठमान्डौँमा आईटी क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन् । होस्टीँग सेवा, वेभ पोर्टल लगायत आईटी क्षेत्रमा योग्दान दिएको भन्दै सँस्थागत रुपमा उनलाई सम्मान गरिएको हो ।
प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य तथा रमेश कुमार सिलवाल लगायतका विशेष अतिथिहरुले यादवलाई सम्मान पत्र दिँदै सम्मान गरेको हो ।
आयोजित समारोहमा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको हो । उद्योग, सिने जगत, शिक्षा, स्वास्थ्य, मनोरञ्जनात्मक क्षेत्रसहितका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…