जनकपुरमा ट्रीपर र पिकअपको बीचमा परे मोटरसाईकल, मानवीय क्षति भएन
न्यूज ब्यूरो जनकपुरधाम, २८ जेठ । जनकपुरमा दिउँसो ट्रीपर र पिकअप जुध्दा एक मोटरसाईकल पुर्ण रुपले क्षतिग्रस्त भएको छ । जनकपुर उपमहानगरपालिका वडा नं. १ पुल्चोक स्थित ट्रीपर र पिकअप एक आपसमा ठक्कर खाँदा त्यही बाटो भएर जाँदै गरेको मोटरसाईक बीचमै परेपनि मानवीय क्षति भने भएन् । यदुकूहा रुट हुँदै पुलचोकबाट

२०७५ जेठ २८ सोमबार, दिउँसो ४:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, २८ जेठ । जनकपुरमा दिउँसो ट्रीपर र पिकअप जुध्दा एक मोटरसाईकल पुर्ण रुपले क्षतिग्रस्त भएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं. १ पुल्चोक स्थित ट्रीपर र पिकअप एक आपसमा ठक्कर खाँदा त्यही बाटो भएर जाँदै गरेको मोटरसाईक बीचमै परेपनि मानवीय क्षति भने भएन् ।
यदुकूहा रुट हुँदै पुलचोकबाट सिताचोकतर्फ आउँदै गरेको बा १ च १२०१ नम्बरको ग्यास सिलिण्डर बोकेको पिकअप र ना १ क ७१५२ नम्बरको ट्रीपरको बीचमा ज ४ प ५९३७ नम्बरको मोटरसाईकललाई ट्रीपरले पछाडीबाट ठक्कर दिँदा बीचमै च्यापिएर क्षतिग्रस्त भएको हो ।
ज ४ प ५९३७ नम्बरको मोटरसाईकलमा सवार महोत्तरीको सम्सी गाउँपालिका वडा नं. ५ पोखरभिण्डा बस्ने ६० बर्षिय रामजीवन साह घाईते भएका छन् ।
साह उच्च मावि भ्रमरपुराका शिक्षक हुन उनको उपचार स्थानीय अस्पतालमा भईरहेको छ ।
तीनै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…