कारले ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यू, किचेर मारिएको परिवारजनको आरोप
कारमा चार जना सवार रहेको प्रहरीले जनाएको छ । चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले पत्रकार रोहिताको शव पोष्टमार्टम भएको छ भने जनकपुरकै स्वर्गद्धारमा अन्तिम सँस्कार गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

२०८१ जेठ ५ शनिबार, दिउँसो १:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका सँचारकर्मी शिवेन्द्र रोहिता (यादव) लाई आज विहान कारले किचेर हत्या गरेको आरोप परिवारजनले लगाएका छन् ।
आज विहान करिब ३ः०० बजेको समयमा जनकपुरधामको थापाचोकस्थित डेरा जाँदै गर्दा उनलाई कारले ठक्कर दिएको बताईएको छ । कारले ठक्कर दिएपछि घाईते भएका पत्रकार रोहितालाई सोही कारले ब्याक गरेर पुन किचेर मारेको उनीसँगै रहेका उनका साथीले प्रतिक्रिया दिएका छन् ।
दुई साथीसँग डेरा फर्किदै गर्दा मधेश भवनतर्फबाट तीव्र गतिमा आएको कारले पत्रकार रोहिताको मोटरसाईकललाई ठक्कर दिएको बताईएको छ । प्रदेश प्रहरी कार्यालयबाट पूर्वतर्फ मोटरसाईकल क्रस गर्न खोज्दा थापाचोकस्थित रहेको टावर लाईटस्थित नै उनलाई कारले उडाएको हो । कारले उडाएपछि पनि समान्य बोलचाल गरेका पत्रकार रोहितालाई कारले पुनः ब्याक गरेर किचिदिएको उनका साथी रुपेश गोहिबारले प्रतिक्रिया दिएका हुन् ।
पत्रकार रोहिता र नेविसंघका जयनाथ यादव एउटै मोटरसाईकलमा सवार रहेका थिए । जयनाथको खुट्टाको हड्डी बाहिर निस्केको छ भने हातको हड्डी समेत भाँचिएको छ । उनको उपचार प्रादेशिक अस्पतालमा भईरहेको छ । घटनाको बेला रुपेशले कारबालासँग साँचो खोसेर सोही कारमा अस्पताल लगेको बताईएको छ ।
कारमा चार जना सवार रहेको प्रहरीले जनाएको छ । चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले पत्रकार रोहिताको शव पोष्टमार्टम भएको छ भने जनकपुरकै स्वर्गद्धारमा अन्तिम सँस्कार गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
घटनालाई नियमित दुर्घटना भनिएपनि उनलाई जानीबुझी किचिएर मारिएको बताईन्छ । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ बिसरभोरा स्थायी घर भएका पत्रकार रोहिता धनुषालाई क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका थिए ।
ज्ञातव्य छ, गत बैशाख ११ गते बिहान करिब ३ः४७ बजेको समयमा न्यूज ब्यूरोका पत्रकार (कार्यकारी सम्पादक) विनय कुमार यादवलाई योजना तहत मारेर दुर्घटनाको नाम दिइएको थियो । अहिले विनयको मुद्दामा आरोपितहरु फरार छन भने एक जना नियन्त्रणमा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…