न्यूज ब्यूरो, सिरहा । सिरहाको ईलाका प्रहरी कार्यालय गोलबजारका घुमुवा भनिएका सँतोष कटुवाल प्रहरी विभागको छानबिनमा परेका छन् ।
विगत ११ बर्षदेखि ईलाका प्रहरी कार्यालय गोलबजारमै अड्डा जमाएर बसेका अघोषित घुमुवा भनिएका कटुवाललाई जिल्ला प्रहरी कार्यालय सिरहाले छानबिनमा राखेको हो । उनीमाथि दुई वटा उजुरी समेत परेपछि छानबिन सुरु गरिएको सिरहाका प्रहरी प्रमुख (एसपी) रमेश पण्डितले बताए ।
न्यूज ब्यूरोसँगको कुराकानीमा एसपी पण्डितले बीचमा उनलाई रवाना गरिएपनि पुनः स्थापित गरिएको जनाउँदै उनीमाथि परेको उजुरीमाथि अनुसन्धान सुरु गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत देखाएपनि कटुवाल विगत ११ बर्षदेखि एकै ठाउँमा कार्यरत रहँदै आएका हुन् । उनी चोरीलुकी गुमनाम तवरले ईलाका प्रहरी कार्यालय गोलबजारमा कार्यरत रहँदै आएका हुन् ।
प्रदेश वा जिल्लामा उच्च पदस्थ अधिकारी परिवर्तन भएपछि मागिने तथ्याँकमा कटुवाललाई लुकाउने गरिन्छ । गोलबजार ईलाकामै कार्यरत उनकी श्रीमति मँजु उप्रेतिले काज शाखामा कार्यरत हुँदा श्रीमान सँतोष कटुवालको सूचना लुकाउने गरिएको उजुरी गरिएको हो ।
काज शाखामा कार्यरत उप्रेतिले अन्य सबै प्रहरीको तथ्याँक पठाएपनि आफ्ना श्रीमान कटुवालको तथ्याँक भने लुकाउने गरिएको खुलेको हो । सिरहामा नयाँ एसपी भएर आएका पण्डितले कटुवालमाथि छानबिन सुरु गरिएको बताए ।
पटक पटक उनीमाथि छानबिन सुरु भएपनि उच्च पदस्थ अधिकारीको पहुँच, राजनीतिक दलको पहुँचको आडमा उनी सो स्थानमा बस्दै आएका हुन् । गोलबजारसहित त्यहाँ ईलाकाभित्रको व्यापारी, तस्करहरुसँग कटुवालको सम्बन्ध प्रगाढ मानिन्छन् ।
उनलाई बचाउको लागि सिरहाका नेपाली काँग्रेसका नेतृत्वहरु समेत मोटो रकम लिएर बचाउमा उत्रेको बुझिएको छ । राजनीतिकर्मी र जिल्लास्तरीय नेताहरुले कटुवालसँग तस्करीको समान वा भारतबाट भन्सार छलीको समान ल्याउन मदत लिँदै उनलाई बचाउ गर्ने गरेका हुन् ।
जनकपुरधामका व्यवसायीहरुले समृद्धिको आधार खोज्ने प्रतिनीधि चुन्नुपर्छः उम्मेदवार ठाकुर
- २०८१ जेठ ४ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो भदौ २९ गते हुने जनकपुरधाम उद्योग वाणिज्य सँघमा महिला उपाध्यक्ष पदकी उम्मेदवार सरिता ठाकुरले व्यवसायीहरुको समृद्धिको आधार खोज्ने प्रतिनीधि छान्नुपर्ने बताएकी छन् । जनकपुरधाम उद्योग वाणिज्य
पूरा पढ्नुहोस्