धनुषाको कमला नगरमा विभिन्न पार्टीका नेताकार्यकर्ता एमालेमा प्रवेश

२०८१ बैशाख ३१ सोमबार
रति ८:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रिय सदस्य तथा पुर्वमन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यमा कमला नगरपालिका  वडा नम्बर ४ सघरा चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्लाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र चौरवार यादव, लोसपाका नेता रामनारायण सल्हैता, कांग्रेसका किसुन यादव, रुपेश यादवसहित दुई दर्जनौं भन्दाबढी नेताकार्यकर्ताहरुलाई पुर्वमन्त्री अरगरियाले गम्छा टीका लगाएर पार्टीमा भित्र्याएका हुन् ।

सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य संजिव कुमार झा ‘सुरज’ पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, नगर कमिटीका अध्यक्ष दिपेन्द्र यादवसहित नगरका नेताकार्यकर्ताहरुको उपस्थितिमा विभिन्न पार्टीका नेताकार्यकर्ता पार्टी प्रवेश गरेको हो ।

उक्त पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले कमला नगरपालिका वडा नं. ४ का वडा कमिटीका अध्यक्ष राम शंकर मोरबैताको अध्यक्षतामा सम्पन्न भएको हो ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus