मिर्चैयाको आगलागि पीडितलाई हेल्पिन हर्टको राहत

२०८१ बैशाख २७ बिहीबार
रति ९:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयास्थित भएको आगलागिबाट विस्थापित भएका परिवारलाई हेल्पिन हर्ट नामक सँस्थाले राहत सहयोग गरेको छ । 

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ८ मझौवा टोलस्थित भएको आगलगिबाट ६ घर जलेर ध्वस्त भएपछि विस्थापित भएको सो पीडित परिवारलाई राहत दिएको हो । आगलागिबाट सबै धनमाल जलेर नष्ट भएपछि अन्यन्त्र वास बाहेक केही नबाँचेको भन्दै हेल्पिन हर्ट नामक समाजिक सँस्थाले विभिन्न समाग्रीहरु राहतको रुपमा उपलब्ध गराएको हो । 

नेपाल तरुण दल सिरहाको विशेष पहलमा सँस्थाले लत्ताकपडा , चामल, दाल, चुरा , नुन, तेल , तरकारी , दालमोठ लगायत अन्य सामाग्री बितरण गरेको हो ।

 
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०८१ बैशाख २७ बिहीबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus