जनकनन्दिनी गाउँपालिकामा विकास निर्माणको श्रीगणेश
जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ पतनुकास्थित पिसिसि ढलान कार्य अहिले जारी रहेको छ । यस्तै अन्य विभिन्न वडामा भौतिक पूर्वाधार विकासको कार्य सुरु हुने तरखर भएको गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले जानकारी दिए ।

२०८१ बैशाख २७ बिहीबार, राति ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा विकास निर्माणको कार्यहरु सुरु भएको छ । जनप्रतिनीधिहरुको विवादबीच गाउँपालिकाको विभिन्न वडामा भौतिक पूर्वाधार निर्माणका कार्यहरु सुरु भएको हो ।
जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर ५ पतनुकास्थित सडकमा पिसिसि ढलान कार्यको सुरुवात भई चालु आर्थिक बर्षको लागि भौतिक पूर्वाधारको श्रीगणेश भएको हो । चालु आर्थिक बर्षको लागि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा कामकाज सुरु भएको हो ।
केही जनप्रतिनीधिहरुबीच समान्य मनमुटाव भएपनि विकासको लागि सबैले एकजुटता देखाएपछि काम सुरु भएको हो । सँगै रहेको छिमेकी स्थानीय तह कमला नगरपालिकामा योजनासमेत फाईनल नभएको अवस्थामा जनकनन्दिनी गाउँपालिकामा भौतिक पूर्वाधार विकासको कार्य सुरु भएको हो ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ पतनुकास्थित पिसिसि ढलान कार्य अहिले जारी रहेको छ । यस्तै अन्य विभिन्न वडामा भौतिक पूर्वाधार विकासको कार्य सुरु हुने तरखर भएको गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…