६ बुँदे माग राखी सिरहाको औरही गाउँपालिकामा जनमतको ज्ञापन

२०८१ बैशाख २६ बुधबार
रति ८:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा बेतिथि बढदै गएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले ६ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । 

बुधबार गाउँपालिकाको कार्यालय पुगेर जनमतका नेता कार्यकर्ताहरुले विभिन्न मागहरु राख्दै माग पूरा गर्नको लागि समय दिएको हो । औरही गाउँपालिकामा स्थानीय सरकारले न्यून्तम जिम्मेवारी समेत पुरा नगरेको ठहर गर्दै जनमत पार्टीले ज्ञापन पत्र बुझाएको हो । 

उनीहरुले पशु सेवा शाखामा देखिएको औषधि अभाव लाई तत्काल समाधान गर्नुपर्ने, गाउँपालिकामा बारुण यन्त्र  (दमकल) खरिद गर्नुपर्ने, जग्गा वर्गीकरणको समस्या समाधान गर्नुपर्ने, स्थानीय पाठ्यक्रम निर्माण गर्नुको साथै ऐच्छिक बिषय विद्यार्थीको इच्छा अनुसार राख्न पाउने वयवस्था मिलाउने, औरही गाउँपालिका बाट हुने सार्वजनिक सरोकारका बिषयामा माग गरिए बमोजिमको सुचनाहरु उपलब्ध गराउन र स्वतः प्रकाशन गरि सु–सुचित गर्न हुन र औरही गाउँपालिकाबाट भएको बिज्ञापन तथा परिक्षाहरुको नतिजा यथासिघ्र प्रकाशन हुनुपर्ने लगायतका मागहरु अघि सारेका हुन् । 

स्थानीय सरकारको ७ वर्ष बिति सक्दापनि स्थानीय पाठ्यक्रम निर्माण नहुनु र औरही गाउँपालिका भित्रका औरही मा.बि. लगायतका बिद्यालयमा ऐच्छिक बिषयहरुमा विद्यार्थीको ईच्छा अनुसार छनौट गर्न नदिई अनिवार्य जस्तै दुई बिषय बर्षौ देखि लादिएको अवस्था रहेको भन्दै यी मागहरु पूरा गर्न अल्टिमेटम दिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो

  • २०८१ बैशाख २६ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै

पूरा पढ्नुहोस्

Bureau Menus