न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले आफू बाहिर गएको मौकामा असंवैधानिक तवरले पार्टी विभाजन भएको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आज पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म बाहिर गएको मौकामा असंवैधानिक तरिकाले पार्टी विभाजन भयो । महत्वाकाङ्क्षी भएर मुद्दा धरापमा पारे ।’
‘दुई चार जना भेला पारेर पार्टी फुटाए भन्नेले समर्थन पाइदैन । कार्यवाहक अध्यक्ष दिएको मान्छेले झोकमा पार्टी फुटाए । व्यक्तिगत स्वार्थले पार्टी विभाजन गरे । पार्टी दर्ता गलत छ । कानुन र राजनीतिक रुमले हाम्रो यात्रा कायम उनले भने ‘
यस्तै हिजो प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसंग पार्टी विभाजनबारे सामान्य कुराकानी भएको समेत जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री मेरो पार्टी विभाजन बारे सामान्य कुराकानी भयो । अरु कुनै कुरा भएन ।’
एक महिने मकर मेलाको १३ लाख रुपैयाँमा ठेक्का, आईतबारदेखि माघ महिनाभरि मेला
- २०८१ बैशाख २६ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक बर्ष धनुषामा लाग्ने मकर मेलाको तयारी पूर्णरुपमा गरिएको छ । आउँदो आईतबारदेखि लाग्ने मेलाको लागि यसपाली करिब १३ लाख रुपैयाँमा ठेक्का लगाइएको छ । विहिबार बसेको
पूरा पढ्नुहोस्