'म एक व्यावसायी हुँ, केही पत्रकारहरुले मलाई लक्षित गरेर जबरदस्ती तस्करको सँज्ञा दियो': व्यावसायी साह
उनले सिरहाका केही पत्रकारहरुको नालिबेली समेत आफूसँग जानकारी, सबुत प्रमाण रहेकोले सम्मान गरेर मात्रै लीक नगरेको बताए । उनले चुप रहँदैमा जतिबेला पनि जे मन लाग्ने लेख्ने छुट कसैलाई नभएको बताए ।

२०८१ बैशाख २५ मंगलबार, बिहान ९:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका व्यावसायी नरेश कुमार साहले सिरहाका केही मिडिया र पत्रकारहरुले मान प्रतिष्ठामा आँच आउने गरी समाचार तथ्यहरु राखेको आरोप लगाएका छन् ।
सिरहाका तत्कालिन एसपी सँतोष आचार्यमाथि छानबिन गर्न आएका माथिल्लो टोलीले सीमा क्षेत्रमा व्यावसाय गर्दै आएका नरेश साहलाई गत बैशाख २२ गते सोधपुछ र केही जानकारीको लागि लगेको बताउँदै त्यसलाई अतिरञ्जित गरी अफवाह फैलाएको आरोप लगाएका छन् ।
सिरहाका केही सँचारकर्मीहरुले व्यक्तिगत रिसवी साध्नको लागि निष्पक्ष मानिने मिडियालाई प्रयोग गरी आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाए । सिरहा नगरपालिका वडा नम्बर १५ सुकचेना बस्ने साह सिरहा नपा १७ माडरमा होटल व्यावसाय, सवारी भाडाका व्यावसाय गर्दै आएका छन् । उनले आफ्नो व्यावसाय रहेको र माडरमा परिचित व्यक्ति समेत रहेकोले प्रहरीको अनुसन्धान टोलीले बोर्डर क्षेत्र सीमा हुने तस्करी, सीमा नाकाहरुको अवस्था, तस्करीको लाईनहरुको बारेमा सोधपुछ गरेर छाडिदिएपनि केही मिडियामा आफूलाई तस्कर घोषित गरेकोप्रति खेद प्रकट गरे ।
उनले भने, –“मेरो आफ्नो व्यावसाय छ, मेरो सवारी भाडाको व्यावसाय छ, गाडी भाडामा दिन्छु, त्यसमा जस्तोसुकै मान्छे हुन सक्छ । कोही कर्मचारी, कोही समान्य व्यक्ति हुन्छ र कोही नराम्रो मान्छे पनि हुन सक्छ, मेरो काम सवारी भाडामा दिने हो । यसैलाई तस्करको नाम दिनु व्यावसायीमाथि यातना भन्छु । माडरको बस स्टैण्डमै आफ्नै होटल व्यावसाय छ । व्यावसाय गर्छु । तर, व्यक्तिगत रिसबईले मलाई तस्कर भनेपछि परिवारजनमाथि नराम्रो असर परेको छ, यसको कानुनी उपचार खोज्छु म ।”
उनले गत २२ गते अनुसन्धान टोलीले फोन गरी बोलाएकोमा आफूसँग केही जानकारीहरु, सूचनाहरु लिने भनेर सिरहको मिर्चैयामा लगेर एक होटलमा खाना खुवाउँदै केही बेर सोधपुछ र जानकारी लिँदै छाडेको बताए । यसैलाई केही मिडिया र पत्रकारहरुले एसपीको तस्करको सँज्ञा दिएकोप्रति आक्रोस पोखे । उनले कानुनी बाटोमा लागेको बताए ।
उनले सिरहाका केही पत्रकारहरुको नालिबेली समेत आफूसँग जानकारी, सबुत प्रमाण रहेकोले सम्मान गरेर मात्रै लीक नगरेको बताए । उनले चुप रहँदैमा जतिबेला पनि जे मन लाग्ने लेख्ने छुट कसैलाई नभएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…