खुलेआम तस्करी गराउने सिरहाका पाँच प्रहरी यूनिट कारवाहीमा, एसपी आचार्यलाई आफ्नो पोल खोलिने डर
अनैतिक कार्यमा फसेकि महिला हुन धनगढ़ीकि महिलाले आफ्नो इज्जत लुटियको भन्दै चिच्याउँदै ईलाका प्रहरी कार्यालय धनगढी पुगेकी थिईन। तर पीड़ित महिला न्याय दिनुको साटो घटनालाई ढाकछोप गर्न १० लाख रकम चलखेल (बारगेनिंग) चलिरहेको नाम नखुलाउने शर्तमा एकजना स्थानीयले बताए। आरोपित प्रहरी जवान बैजु महतो ईलाका प्रहरी कार्यालय धनगढीमा कार्यरत रहे पनि जिल्लामा घुमुवाको रुपमा परिचालित छन्।

२०८१ बैशाख १९ बुधबार, दिउँसो २:०६ बजे५ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीको प्रत्यक्ष निगरानीमा तस्करी गराउने पाँच प्रहरी युनिट कारवाहीमा परेका छन् । सिरहाका एसपी आचार्यको निर्देशनमा सीमाबाट हुने सो तस्करीको लागि उनका मातहतका पाँच युनिट नै कारवाहीमा परेका छन् ।
खुलेआम तस्करी बढ़न थाले पछि गृहमन्त्रलयले सिरहामा निगरानी बढ़ाए सँगै तस्करीमा संलग्न सिरहाका सीमावर्ती पाँच प्रहरी यूनिटलाई कारवाही हुने भएको छ ।
सिरहाको मुख्य नाका ठाड़ीको प्रहरी चौकी ठाड़ी, प्रहरी चौकी भगवानपुर, ईलाका प्रहरी कार्यालय माहेश्वारी,प्रहरी चौकी जानकि नगर र ईलाका प्रहरी कार्यालय झाझपट्टी नवराजपुरका प्रहरी इन्चार्जहरूलाई गृहमन्त्रालयको निर्देशनमा मधेश प्रदेश प्रहरी कार्यालय मार्फत कारबाही गर्ने भएको हो ।
गएको आइतबार राती ती नाकाहरूबाट तस्करीका समानहरू गृहमन्त्रालयले नियन्त्रणमा लिए पछि उनिहरुलाई कारवाही गर्न निर्देशन दिएको हो।
गृहको विशेष टोलीले उक्त प्रहरी यूनिटहरुको संलग्नता खुलेआम तस्करी भईरहेको सूचनाको आधारमा गृहबाट खटिन गएको टोलीले सो स्थानबाट करीब दुई लाख मूल्य बराबरको अबैध तस्करीका कपड़ाहरू बरामदा गरे पछि सो स्थानका प्रहरी यूनिटहरूलाई कारबाही गर्न निर्देशन दिई कारबाहीमा पर्ने प्रहरी यूनिट इन्चार्जहरू प्रहरी चौकी ठाड़ीका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरिक्षक सजेन्द्र पोखरेल (मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआइजी यज्ञ विनोद पोखरेलका भतीजो) प्रहरी चौकी भगवानपुरका इन्चार्ज रामपुकार चौधरी, ईलाका प्रहरी कार्यालय महेशबारीका इन्चार्ज श्याम नन्द मण्डल, ईलाका प्रहरी कार्यालय झाझपट्टीका इन्चार्जका र प्रहरी चौकी जानकीनगरका इन्चार्जका इन्चार्जलाई समेत जिम्मेवारीबाट तत्काल हटाउन निदेशन दिएपनि सिरहाका एसपी सन्तोष आचार्यले भने आफु पनि फसिने डरले उनीहरुलाई करबाही गर्नबाट पंछिएको पाइएको छ।
उता, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआइजी यज्ञ विनोद पोखरेलका अनुसार गृहमन्त्रालयको निर्देशानुसार तस्करीमा संलग्न प्रहरी यूनिटलाई तत्काल जिम्मेबारीबाट हटाई जिल्लामा तानेर कारबाही गर्न पत्राचार मार्फत निदेशन दिइसकेको बताए।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…