जनकपुरः सडकमै रोकि राखिएको ट्रिपरमा मोसा ठोक्किँदा एक युवकको मृत्यू
मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए । ठक्करमा परेर गम्भीर घाइते भएको मोटरसाइकल चालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको उनको भनाई छ ।

२०८१ बैशाख १९ बुधबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्रस्थित रोकिराखेको एक ट्रिपरमा मोटरसाईकलले ठक्कर दिँदा एक युवकको मृत्यू भएको छ ।
जनकपुरधाम–ढल्केवर ६ लेन सडकखण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित गएराती विहान करिब २ बजेको समयमा रोकिराखिएको ट्रिपरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बिग्रिएर सडकमै राखिएको ट्रिपरमा जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ क ०१६० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । बिग्रिएर रोकिराखेको मधेश प्रदेश ०१–००४ प ७५०० नम्बरको ट्रिपरमा ठोक्किदाँ एक युवकको ज्यान गएको हो । उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए । ठक्करमा परेर गम्भीर घाइते भएको मोटरसाइकल चालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको उनको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…