पत्रकार यादवलाई मार्ने त्यो योजना - 'विनयलाई हान्दीउँ, भन न बिनयलाइ हान्दीउँ' (अडियो सुन्नुहोस्)

२०८१ बैशाख १८ मंगलबार
बेलुकी ६:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । ईन्यूज ब्यूरोका कार्यकारी सम्पादक विनय कुमार यादव घटना प्रकरणमा न्यूज ब्यूरोले नियमित रुपमा फेला पार्दै आएको आधार प्रमाणहरुले उनको सुनुयोजित हत्या भएको आशंका बढदै गएको छ । 

उही धनुषा प्रहरीले पत्रकार यादवको परिवारजनलाई सवारी ज्यानमा जाहेरी दिन दबाब दिरहेको बेला उनको घटना प्रकृति र पछिल्ला गतिविधिहरु हेर्दा उनलाई सुनुयोजित तरिकाले फँसाएर मारेको आधार प्रमाणहरु छत्ताछुल्ल भएको छ । विभिन्न सिसिटिभी फुटेज, गाडीको स्पीड, पछिल्ला धाकधम्कीको अडियोहरु, निवेदनहरुको आधारमा उनी पहिलेदेखि नै आफूलाई असुरक्षित महसुस गर्दै आएका थिए । 

आफ्नो लोकेशन समेत सेयर नगर्ने पत्रकार यादवले सो दिन आफ्नो विश्वासमा पारेका ललन भन्ने लक्ष्मीनारायण यादवले सबै खुलाएर सोधेपछि उनले ढल्केवरको होटेलमा रहेको खुलाएको देखिएको छ । ललनले पटक पटक उनलाई मेसेन्जरमा कहाँ हो ? कहाँ हो अहिले ? भनेर सोधेपछि उनले लोकेशन सेयर गरेको देखिएको छ । विनयले उनलाई बोलाएको र उनी गएको मेसेजमा प्रष्ट हुन्छ । 

घटना हुनु दुई दिन अगाडी नै ललनले विनयलाई पठाएको एक अडियो रेकर्डमा धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसविघा बस्ने सुशिल यादवका छोरा बीरेन्द्र यादवले विनयको हत्याको जालझेल बुनिरहेको प्रष्ट सुन्न सकिन्छ । जानकारी अनुसार, दारुको लत्त रहेको बीरेन्द्रले उनको घरमा हुने विभिन्न बैठक, मिटिँग सुनेर उनी रक्सी खाएपछि बाहिर बोल्दै आएका प्रकृतिका व्यक्ति हुन् । उनलाई घरमा कुटपिट गर्दा उनले विनयलाई मार्ने बारे बनेको योजनाहरुको बारेमा विनयलाई समेत भनिदिएको बताइन्छ । 

५ मिनेटको एक अडियोमा बीरेन्द्रले पत्रकार विनयलाई मारिदिने भनेर शब्दहरु पटक पटक दोहरयाएको सुन्न सकिन्छ । सोही बीचमा एक व्यक्तिले भनेका छन्–“बिनयलाई हान्दीउँ ? ए बीरेन्द्र, हान्दनीउ बिनयलाई ?” भनेर बोलेको सुन्न सकिन्छ । त्यो आवाज सोही स्थान बस्ने बरुण यादव नामक व्यक्तिको रहेको बताइन्छ । 

अडियो बजाउँदा बीरेन्द्रले बिनयलाई अपहरण गरिदिने, उठाइदिने, घर पसेर मार्ने, गाडी चढाइदिने जस्ता शब्दहरु विनयलाई गालीगलौजसहित भनेको सुन्न पाईन्छ । अडियो रेकर्ड सुन्दा विनयलाई पहिलेदेखि नै मार्ने योजना लगभग तय भएको आँकलन गर्न सकिन्छ । सोही अनुसार, विनयले जीउ ज्यान सुरक्षाको निवेदन झण्डै ईलाका प्रहरीमा दिएको देखिन्छ । यसले उनलाई सुरक्षा थ्रेटको आभाष भईसकेको महसुस गर्न सकिन्छ । 

बीरेन्द्र यादव धीरेन्द्र यादवका भाई हुन् । उही धीरेन्द्र यादव हुन जसले विनयलाई गाडीले कुल्चेर मारिदिने, कामका डिस्टर्व गर्यो भन्दै उनको नामको सुपारी निकालेको बताइन्छ । यद्यपी, धीरेन्द्रले यसलाई पटक पटक अस्विकार गर्दै आएपनि उनका गाउँका बासिन्दाहरुले उनको क्रियाकलापको बारेमा बताउँदा उनले विनयलाई मार्न सुपारी दिएको हुन सक्ने आशंका गरिएको छ । विनय प्रकरणमा धीरेन्द्र मुख्य विल्लेनको रुपमा अहिलेसम्म देखिदै आएका छन् । घटना भएको दिन पनि पक्राउ परेका ललनले धीरेन्द्रलाई तीन तीन पटक फोन गरेको कल हिस्ट्री सार्वजनिक भएपछि उनीमाथि थप शंका उत्पन्न भएको हो । 

अडियो रेकर्ड सुन्नुहोस् 

 

  • 11%
  • 1%
  • 0%
  • 0%
  • 81%
  • 5%

बर्दिवासमा रामजानकी फन पार्क बनाउँदै मधेश सरकार 

  • २०८१ बैशाख १८ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशको गौरवको आयोजनाको रुपमा मानिएको बर्दिवासस्थित रामजानकी फनपार्क निर्माण हुने भएको छ । बर्दिवास नगरपालिकाले वडा नम्बर १४ स्थित रातु नदीको तटवर्ती क्षेत्रमा रामजानकी फनपार्क निर्माणका

पूरा पढ्नुहोस्

Bureau Menus