सिरहामा आगलगी पीडितलाई नेपाली काँग्रेसका नेताको राहत
मिर्चैया बाट कांग्रेसका छेत्रीय सभापति सिताराम यादव, प्रदेश सभापति धनेश्वर यादव, नगर सभापति रमेश नौपाने , तरुणदलका जिल्ला सभापति अरबिन्द मण्डल लगायत कांग्रेसका कार्यकर्ताहरुको उपस्थितिमा पीडित परिवारलाई राहत सहयोग गरेका हुन ।

२०८१ बैशाख १६ आइतबार, राति ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका आलगली पीडितलाई नेपाली काँग्रेसका नेताले सहयोग गरेको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ सिसवनी दुर्गा टोलमा हावाहुरीको कारण आगलगी हुँदा पाँच जनाको घरबार जलेर नष्ट भएको थियो ।
उनीहरुको अवस्था सुधार गर्नको लागि नेपाली काँग्रेसका नेताहरुले सहयोगी हात अगाडी बढाएको हो । स्थानीय पवन यादव, सन्तोष यादव, सुरेश यादव, बुधन मण्डल र रामबाबु मण्डल गरि जम्मा पाँच जनाको घरमा आगलागी हुँदा सबै धनमाल जलेर नष्ट भएपछि नेपाली कांग्रेसका प्रदेश सभापति धनेश्वर यादव र नेपाली कांग्रेस मिर्चैयाको पहलमा आगलागी भएका घरपरिवारलाई राहत सोरुप खाधयन सहयोग गरेका हुन ।
राहतमा चामल, दाल तेल, नुन, स्वाइबिन, लुगा धुने साबुन, नुहाउने साबुन, मर मसला, सारी , गम्छा, चुरामुरही, मिरचाई लगायत आदि सहयोग गरेका हुन ।
मिर्चैया बाट कांग्रेसका छेत्रीय सभापति सिताराम यादव, प्रदेश सभापति धनेश्वर यादव, नगर सभापति रमेश नौपाने , तरुणदलका जिल्ला सभापति अरबिन्द मण्डल लगायत कांग्रेसका कार्यकर्ताहरुको उपस्थितिमा पीडित परिवारलाई राहत सहयोग गरेका हुन ।
प्रदेश सभापति धनेश्वर यादवले बिगतका समयमा पनि मिर्चैया नगरपालिकाका पीडित परिवारहरुलाई सहयोग गर्दै आइरहेक छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…